निजामती सेवामा असामान्य बहिर्गमन ,३७६ कर्मचारीले दिए राजीनामा

काठमान्डौ , ५ भदौ ।राष्ट्रिय किताबखाना (निजामती) का अनुसार पछिल्लो चार महिनामा ३७६ जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्।

गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा राजीनामा दिनेमा उच्च तहका अधिकारीको संख्या उल्लेख्य छ।

यस अवधिमा ३ जना सचिव, ७० जना सहसचिव र ६५ जना उपसचिवले सेवा छाडेका छन्। बाँकी राजीनामा दिनेमा अधिकृत तथा सहायकस्तरका कर्मचारी छन्।

सरकारले ल्याउने तयारी गरेको निजामती सेवा ऐनमा ५५ वर्षमा अनिवार्य अवकाश र ३० वर्षे सेवाअवधि तोक्ने तयारी गरेको चर्चा चलिरहेका बेला त्यसबाट बच्न उच्च तहका कर्मचारीले राजीनामा दिएको हुनसक्ने सरकारी अधिकारीहरूको अनुमान छ।

किताबखानाका कर्मचारीका अनुसार यति छोटो अवधिमा यति ठूलो संख्यामा, विशेषगरी सहसचिव र उपसचिव तहका कर्मचारीले सेवा छाडेको यो असामान्य घटना हो। यसअघि राजीनामा दिएर सेवा छाड्नेभन्दा अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या बढी हुने गरेकोमा अहिले भने राजीनामा दिने कर्मचारीको संख्या बढेको किताबखानाले जनाएको छ।(तस्बिर एआइ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर