‘हत्यारालाई फाँसी दे’

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।प्रदर्शनमा सहभागीहरूले बालिका माथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए ।प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताउनु भयो । उहाँले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्नु भयो।

 

‘गरिमा चौधरी तीन वर्षीया बालिका हुन् । उनको बलात्कारपछि हत्या भयो । उनको न्यायका लागि र आगामी दिनमा हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवाज उठाउन हामी विरोध प्रदर्शनमा आएका हौं,’ उहाँले भन्नु भयो, ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । अब हाम्रो आवाज बन्द हुँदैन । कानुन निर्माण तथा संशोधन नभएसम्म सरकारसमक्ष हाम्रो आवाज पुर्याइरहन्छौं ।’त्यस्तै, अर्की प्रदर्शनमा सहभागीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनुपर्ने बताउनु भयो । ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । यो कुरा सरकारले सुन्नैपर्छ । सबैका घरमा छोराछोरी छन् । यस्ता घटना दोहोरिन नदिन कानुनलाई बलियो बनाउनुपर्छ,’ उहाँले भन्नु भयो ।

 

प्रदर्शनमा सहभागी अनु शर्माले महिलामाथि हुने अन्याय अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । ‘महिलामाथि असाध्यै अन्याय भइरहेको छ । माइतीघरमा आएर प्रदर्शन गर्दैमा मात्र समस्याको समाधान हुँदैन । सरकारले हाम्रो आवाज सुन्नुपर्छ र कानुनमा आवश्यक परिवर्तन ल्याउनुपर्छ,’ उहाँले भन्नु भयो,‘यस्ता जघन्य अपराधका घटनामा कानुन फितलो हुनुहुँदैन ।’प्रदर्शनकारीहरूले बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाहीको माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर