नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वा कार्यान्वयनमा लैजान माग गर्नु भएको छ ।

शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै महर्जनले नेपवेस्टसँगको सम्झौता अहिलेसम्म कायम रहे पनि त्यसअनुसार काम अघि नबढ्दा फोहोर व्यवस्थापनमा थप समस्या भइरहेको बताउनु भयो ।

उहाँले नेपाल सरकार र नेपवेस्टबीच २०११ जुनमा भएको सम्झौता अहिलेसम्म कसैले खारेज नगरेको उल्लेख गर्दै सम्झौता कायम राखेर नयाँ योजना अघि बढाउन खोज्दा कानुनी तथा व्यावहारिक समस्या आउने बताउनु भयो ।

‘त्यो जुन कन्ट्रयाक्ट छ, कि त यो क्यान्सिल हुनुप¥यो, कि त त्यो कन्ट्रयाक्टले काम गर्नुप¥यो। तर अहिलेसम्म कुनै पनि सरकारले यसलाई क्यान्सिल पनि गर्न सकेको छैन र ओके, यू डु दिस भन्न पनि सकेको छैन,’ महर्जनले भन्नुभयो ।

उहाँका अनुसार नेपवेस्टले डीपीआर तयार गरी पहिलो चरणको कामसमेत सुरु गरेको थियो । तर कानुनी समस्या उत्पन्न भएपछि दोस्रो चरणको काम अघि बढ्न नसकेको उहाँले बताउनु भयो ।

महर्जनले आफूलाई जापानले करिब ७ अर्ब रुपैयाँ बराबरको फोहोर प्रशोधन प्रणालीका लागि सहयोग गर्ने प्रस्ताव गरेको भए पनि नेपवेस्टसँग नेपाल सरकारको सम्झौता कायम रहेको कारण सहयोग गर्न नसक्ने पनि बताउनु भयो ।

फोहोर व्यवस्थापनको समस्या समाधानका लागि अब नेपाल सरकारले नै नेपवेस्टको सम्झौताको टुंगो लगाउनुपर्ने उहाँको भनाइ छ ।

‘हाम्रो कार्यक्षेत्रभन्दा बाहिर रहेको यो सन्धि–सम्झौता क्यान्सिल गरिदिनुस्, कि लागु गरिदिनुस्। लागु गर्नुस्, वी आर मोर द्यान ह्याप्पी। क्यान्सिल गर्नुस्, त्यसपछिको जिम्मेवारी लिन हामी तयार छौं,’ उहाँले भन्नुभयो ।

महर्जनले संविधानले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिए पनि विगतमा संघीय सरकारले नै काठमाडौं उपत्यकाका स्थानीय तहलाई सिसडोल र बन्चरेडाँडामा फोहोर विसर्जन गर्न लगाएको स्मरण गराउनु भयो । त्यसैले अहिले फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको मात्रै भएको भाष्य बनाउन नहुने उहाँको भनाइ थियो ।

यस्तै, काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले पनि नेपवेस्टसँगको सम्झौताको विषय टुंगो नलाग्दा फोहोर व्यवस्थापनमा काम गर्ने बाटो बन्द भएको बताउनु भयो ।

‘नेपवेस्टको कुरालाई टुंग्याइदिनुस्। त्यो टुंगो लाग्यो भने हामीले पनि काम गर्ने बाटो खुल्छ । आज त बाटो नै बन्द छ,’ डंगोलले भन्न्ुा भयो ।

उहाँले काठमाडौं महानगरपालिकाले फोहोरको मात्रा घटाउन ट्रान्सफर स्टेसन निर्माणका लागि पहल गरिरहेको जानकारी दिनुभयो । त्यसका लागि संघीय सरकारसँग जग्गा माग गर्दै पत्र पठाएको पाँच महिना भइसकेको उहाँले बताउनु भयो ।

ट्रान्सफर स्टेसन निर्माण गर्न सके कम्तीमा ३० प्रतिशतसम्म फोहोरको मात्रा घटाउन सकिने भन्दै उहाँले संघीय सरकारसँग सहयोग गर्न आग्रह गर्नुभयो । डंगोलले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ‘जहाँको फोहोर हो, त्यहीँ समाधान निकाल्नुपर्छ’ भन्ने नीति आवश्यक रहेको बताउनु भयो ।

बैठकमा कार्यवाहक नगरप्रमुख डंगोलले फोहोर व्यवस्थापनको विषयलाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गर्नुभयो ।

उहाँले फोहोर व्यवस्थापनको समस्याका कारण पीडित बनेका बासिन्दाप्रति सबैले आत्मग्लानि महसुस गर्नुपर्ने र त्यसलाई व्यवहारमै देखाउनुपर्ने बताउनु भयो ।

‘समस्याको सबैले आ–आफ्नो कुरा राखिरहँदा त्यसबाट समाधान के हो भनेर निकाल्ने तर्फ लाग्नुपर्छ। न कि मैले सोचेको जस्तो कसैले बोल्नुभएन भने म रिसाउने, चर्केर जाने र जथाभावी भन्न पाइँदैन,’ डंगोलले भन्न्ुा भयो ।

डंगोलले फोहोरमा राजनीति नगरी समाधान खोज्नुपर्ने बताउँदै विगतमा भएका राजनीतिक गतिविधिलाई बैठक कक्षमा प्रवेश गर्नुअघि नै बाहिर छोड्न आग्रह गर्नुभयो ।

‘फोहोरमा राजनीति नगरौं। फोहोरको साँच्चिकै समस्या छ भने समाधानतिर लागौं। दोषारोपण नगरौं,’ उहाँले भन्नुभयो ।

उहाँले फोहोर व्यवस्थापन स्थानीय सरकारको मात्रै जिम्मेवारी हो भन्ने धारणा बनाउनुअघि यसको इतिहास बुझ्नुपर्ने बताउनु भयो ।

यसैबीच, बैठकमा फोहोर व्यवस्थापनका विषयमा छलफल भइरहेका बेला उपस्थित मेयरहरु र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच भनाभन भएको थियो । विवाद चर्किएपछि सञ्चारमन्त्री तिमिल्सिनाले मध्यस्थता गर्दै माहोल शान्त पार्ने प्रयास गर्नुभएको थियो । तर, स्थिति सामान्य नभएपछि सांसद तामाङ बैठकबाट बाहिरिनु भएको थियो थिइन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर