गरिमा चौधरीको हत्यामा दोषीलाई कडा कारबाही गर्न प्रचण्डको माग

काठमाडौं,६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ।शनिबार सामाजिक सञ्जालमार्फत उहाँले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गर्नु भएको छ। उहाँले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग समेत गर्नु भएको छ् ।

 

उहाँले लेख्नु भएको छ्, ‘यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’गरिमा माथिको अपराधले राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको बताउँदै उहाँले बालिकाहरूले भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको बताउनु भयो ।

 

गरिमाका लागि न्याय माग गर्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रचण्डले घटनालाई एउटा परिवारमाथिको पीडामा मात्र सीमित गर्न नहुने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन