गरिमा चौधरीको न्यायका लागि काठमाडौंमा सडक प्रदर्शन

काठमाडौं,६ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले शनिबार काठमाडौंको शान्तिवाटिका, रत्नपार्कमा प्रदर्शन गरेको छ ।बालिका माथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, ‘हाम्रो छोरी, हाम्रो शान’लगायतका नारा लगाइएको थियो ।

 

प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन आफू प्रदर्शनमा सहभागी भएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘हामीले आफ्नै छोरी–नातिनीमाथि यस्तो घटना भएको भए के गथ्र्यौं भन्ने सोचेर म यहाँ आएकी हुँ । हामीले आवाज उठाउनुपर्छ । अबको सरकारले बलात्कारजस्तो अपराध गर्ने सोच नै नआउने गरी कडा नीति बनाउनुपर्छ । गरिमा चौधरीले न्याय पाउनुपर्छ । आगामी दिनमा छोरीचेली सुरक्षित होऊन् भन्ने चाहना हो ।’

 

त्यस्तै, प्रदर्शनमा सहभागी अमृता गिरीले यस्ता घटना दोहोरिन नदिन आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘यस्ता घटना नहोस् भनेर यहाँबाट शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं । अहिलेको सरकारले महिला तथा छोरीचेलीले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन