‘प्रदीप गिरिको निधनपछि विचारको विश्वविद्यालय बन्द भयो’ : विश्व प्रकाश शर्मा

काठमाडौं,६ भदौ । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरि विचारको एउटा विश्वविद्यालय भएको बताउनु भएको छ ।प्रदीप गिरिको चौथो वार्षिकीका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा बोल्दै शर्माले प्रदीप गिरिको निधनपछि आफूहरूले विचारको एउटा विश्वविद्यालय बन्द भएको अनुभूति गरेको बताउनु भयो ।

 

‘आर्यघाटसम्म प्रदीप दाईलाई पु¥याउँदै गर्दा हामीभित्र एउटा मौनता र शून्यताको अनुभूति भएको थियो। त्यो बेला मैले भनेको थिएँ, विचारको एउटा विश्वविद्यालय बन्द भयो,’ शर्माले भन्नु भयो, ‘थुप्रै विश्वविद्यालय हुन्छन्, तर एउटा विचारको विश्वविद्यालय त्यो दिनदेखि बन्द भएको हामीले अनुभूति ग¥यौं ।’उहाँले नेपालमा विभिन्न समयमा मन्त्री बनेका नेताहरूको लामो सूची बनाउन सकिने भए पनि प्रदीप गिरि कहिल्यै मन्त्री नबनेको स्मरण गर्नु भयो । मन्त्री बन्नुलाई मात्र राजनीतिक सफलताको मापदण्ड मान्ने हो भने गिरिलाई असफल भन्न सकिए पनि उहाँको विचार र योगदानका कारण आज पनि जीवित रहेको शर्माको भनाइ थियो ।

 

‘सबै मन्त्रीलाई एकैचोटी भेला ग¥यौं भने सात सालदेखि आजको मितिसम्म मन्त्री भएकाहरूको लाम लगाउँदा माइतीघर मण्डलामा एउटा राम्रै जुलुसको आकार बन्छ तर त्यो आकारभित्र प्रदीप गिरि हुनुहुन्थेन । उहाँ कहिल्यै मन्त्री बन्नुभएन,’ उहाँले भन्नु भयो, ‘राजनीतिक जीवनमा मन्त्री नै बन्नु सफलता मान्ने हो भने उहाँ असफल बन्नुभयो होला । तर मन्त्री बनेर पनि हराइरहेकाहरूको भीडमा प्रदीप गिरि एउटा चम्किलो उज्यालो हुनुहुन्छ । उहाँ आज पनि जीवित हुनुहुन्छ, मनमा प्रेरणाका रूपमा हुनुहुन्छ ।’शर्माले गिरिसँग जोडिएका थुप्रै स्मृति आफूहरूसँग रहेको उल्लेख गर्दै उहाँको व्यक्तित्वबाट आफू निरन्तर प्रेरित भइरहेको बताउनु भयो।

 

‘तपाईं–हामी जहिले पनि आवरणमा जोड दिन्छौं, आवरण त एकछिनमा बदलिन्छ, दैनिक बदलिन्छ । तर आचरण भन्ने कुरा जिन्दगीभर प्रवाह रहिरहन्छ,’ उहाँले भन्नु भयो, ‘सधैं प्रेरित गरिरहने व्यक्तित्वका रूपमा म उहाँलाई लिन्छु ।’गिरिले संसदमा व्यक्त गरेका विचार र अभिव्यक्तिले आफूलाई अहिले पनि कर्तव्यप्रति गम्भीर बन्न प्रेरित गर्ने शर्माले बताउनु भयो । विशेषगरी गाउँलाई सहरजस्तो बनाउने विकासको अवधारणामाथि गिरिले दिएको फरक दृष्टिकोण आफूले स्मरण गरिरहेको उहाँको भनाइ थियो ।‘उहाँले संसद्मा बोल्दा अर्थमन्त्रीलाई भन्नुभएको थियो ‘म अरू केही भन्दिनँ, तर गाउँलाई सहरजस्तो बनाउने भनेर तपाईंले जे लेख्नुभएको छ, यति सुधार गरिदिनुस् । गाउँलाई सहरजस्तो होइन, सहरहरूमा चाहिँ गाउँको जस्तो भावना गाँसिदिन्छु भन्ने कुरा’,’ शर्माले स्मरण गर्नु भयो।

 

उहाँले कांग्रेसभित्रका विवाद समाधानका लागि पार्टीका आन्तरिक संरचना र संवादलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राख्नु भयो । कांग्रेसमा अधिवेशनको तयारी भइरहेका बेला असहमतिका विषय लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै उहाँले प्रदीप गिरि भएको भए राजनीतिक दलभित्रका विवाद पार्टी कार्यालयमै समाधान खोज्न सुझाव दिन सक्ने बताउनु भयो ।‘कांग्रेसको सानेपाबाट अधिवेशनको तयारी हुँदै गर्दा अर्कोतर्फ भेला गरेर असहमतिहरू राख्दै अदालतको ढोका ढकढक्याउँदै गर्दा सायद प्रदीप दाइले भन्नुहुन्थ्यो होला राजनीतिक दलहरूबीचको विवादको समाधानको खोजी पार्टी कार्यालयभित्रको कोठामा गर्नुस्, अदालतको ढोकामा होइन,’ उहाँले भन्नु भयो।

 

यद्यपि, राजनीतिक दल तथा व्यक्तिलाई सर्वोच्च अदालत जाने अधिकारबाट निरुत्साहित गर्न नमिल्ने शर्माले स्पष्ट पार्नु भयो। कांग्रेसका आदरणीय नेताहरू सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएको उल्लेख गर्दै उहाँले अदालतले संविधान र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थालाई गम्भीरतापूर्वक हेर्ने विश्वास व्यक्त गर्नु भयो ।‘सर्वोच्च अदालतमा जाने कुरालाई निरुत्साहित गर्न मिल्दैन । पार्टीका आदरणीय नेताहरू जानुभयो, रिट दर्ता गर्न जानुभयो । तर सम्मानित सर्वोच्च अदालतका न्यायमूर्तिहरूले टेबुलमा बसेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्दा नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनका व्यवस्थालाई पनि गम्भीरतापूर्वक हेर्नुहुन्छ,’ शर्माले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश