पुल्चोकमा लघुवित्त पीडितको आक्रोश : ‘आत्महत्या गर्नुपर्ने अवस्थामा पुग्यौँ’

काठमाडौं , भदौ ६ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ । सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत—जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ ।तर, यही व्यस्त सडकको किनार अहिले मिटरब्याज, लघुवित्त, बैंक र भूमिहीन पीडित बनेका नागरिकहरूको धर्ना स्थल बनेको छ । कुनै समय यहाँ धर्नामा बसेका आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी हुँदा सडक नै जाम हुने गर्छ ।

लामो समयदेखि माइतीघरमा बसेर सिंहदरबारसँग न्याय गुहारीरहेका उनीहरुको माग पूरा नभएपछि आयोगको कार्यालय अगाडिको सडक पेटीलाई उनीहरुले आफ्नो पीडा सुनाउने नयाँ थलो बनाएका हुन् ।न्यायको खोजीमा काठमाडौं आएका उनीहरू पछिल्लो सामय यहि स्थानमा पाल टाँगेर धर्ना बसिरहेका छन् । घाम होस् वा पानी, पीडितहरू धर्ना छाड्न तयार छैनन् ।

उनीहरूको एउटै माग छ—आफूले भोग्दै आएको समस्या समाधान होस् र आफूहरूले न्याय पाउन सकौं । घरपरिवारदेखि टाढा राजधानी आएका कतिपय पीडितका लागि सडक किनार नै अहिले अस्थायी बसोबास बनेको छ ।धर्नास्थलमा खानेपानी, खाना तथा अन्य आधारभूत सुविधाको समेत पर्याप्त व्यवस्था छैन । पालमुनि दिनरात बिताउनुपर्ने बाध्यताका कारण पीडितहरू थप समस्यामा छन् । तर, आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।

सरकार र सम्बन्धित निकायले आफूहरूको समस्या गम्भीरतापूर्वक लिएर समाधानका लागि ठोस कदम चाल्नुपर्ने बताउँछन् ।धर्ना स्थलमा भेटिएकी पीडितमध्येकी एक हुन् सीता यादव । आफ्नो समस्या समाधान हुने आशामा उनी पनि अन्य पीडितसँगै सडक किनारमा धर्ना बसिरहेकी छन् । लामो समयदेखि समस्या झेल्दै आए पनि सम्बन्धित निकायबाट अपेक्षित समाधान नपाएपछि सडकमा आउनुपरेको उनको गुनासो छ ।

उनले आफूहरू कुनै मनोरञ्जन वा खुसीका लागि सडकमा नआएको भन्दै सरकारले आफ्ना माग र पीडा सम्बोधन गर्नुपर्ने बताइन् ।यादवले भूमिहीन, मिटरब्याज, लघुवित्त, सहकारी तथा बैंकिङ ऋणबाट प्रभावित नागरिकहरू घरबार गुमाउने अवस्थामा पुगेको दाबी गरिन् । उनले बालबालिकाको शिक्षा, कपडा र दैनिक जीवनयापनसमेत कठिन बनेको बताउँदै राज्यले पीडितको अवस्था बुझ्नुपर्ने माग गरिन् ।उनले सरकार र राजनीतिक नेतृत्वले पटक–पटक वार्ताका लागि बोलाए पनि आफूहरूको समस्या सम्बोधन नगरेको आरोप लगाइन् । उनले भनिन्, ‘हामीलाई झुक्याएर पटक–पटक वार्तामा बोलाइन्छ, तर हाम्रो समस्या समाधान हुँदैन ।’

यादवले प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ तथा आशिका तामाङलगायत सार्वजनिक व्यक्तिहरुलाई पीडितहरूको अवस्था प्रत्यक्ष आएर बुझ्नुपर्ने बताइन् । जनताको मतबाट पदमा पुगेका नेतृत्वले अहिले जनताको आँसु र दुःख देख्नुपर्ने उनले बताइन् ।सयौं पीडितहरु न्यायको लडाइ लड्दा लड्दै पीडा सहन नसकेर आत्महत्याको बाटो रोजीसकेका छन् । हालसम्म कति पीडितहरुले ज्यान गुमाए भन्ने एकिन तथ्यांक छैन् । तर अहिले सडकमा धर्ना दिइरहेकाहरुले पनि आत्महत्याको बाटो रोज्नुपर्ने बाध्यतामा पुगेको बताइन् ।

आफू भूमिहीन रहेको बताउँदै उनले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाइन् । उनले आवश्यक परे सरकारसँग प्रत्यक्ष टकराव मोल्न र आफ्नो ज्यानसमेत जोखिममा राख्न तयार रहेको बताइन् ।‘म छाती थाप्न तयार छु, म भूमिहीन हुँ,’ भन्दै उनले सबै जनतालाई आन्दोलनमा साथ दिन आग्रह गरिन् । सरकारलाई दबाब दिन केही समय खाना र पानीसमेत त्यागेर अनशन बस्नुपर्ने उनले बताइन् ।उनले आफूहरू यहाँ भात खान नभइ अधिकारका लागि संघर्ष गर्न आएको दाबी गर्दै आन्दोलनलाई निर्णायक बनाउन सबै नागरिक एकजुट हुनुपर्ने बताइन् ।

यादवले पीडितहरुको अवस्था झन् पीडादायी भएको बताइन् । ऋणको बोझ, घरबाट विस्थापन र आर्थिक अभावका कारण बालबालिकाको पढाइसमेत प्रभावित भएको उनले गुनासो गरिन् ।उनले आन्दोलनकारीहरूको माग तत्काल सम्बोधन गरी वास्तविक पीडितको अवस्था बुझ्न सरकारलाई आग्रह गरिन् । ‘हामी भात खान आएका होइनौँ, सरकारलाई आफ्नो पीडा बुझाउन आएका हौँ,’ भन्दै यादवले आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गरिन् ।उनले सरकारसँग माग पूरा गराउन आन्दोलनलाई थप कडा बनाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिइन् । अनशन बस्ने, खाना–पानी त्याग्नेसम्मका कदम चाल्न आफूहरू तयार रहेको बताउँदै उनले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखिन् ।

उनीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन् ।भूमिहीन, सुकुम्बासी तथा विभिन्न ऋण र वित्तीय समस्याबाट पीडितहरु आफ्नो मागको सम्वोधन गर्न सरकारसँग माग गरी रहेका छन् । त्यही माग पुरा गर्न उनीहरु २७–२८ दिनदेखि सडक आन्दोलन गरिरहेका छन् । यता, सरकारले पीडितहरुसँग पटक पटक वार्ता गरेपनि समस्या समाधान भएको छैन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पीडितरुहसँग वार्ताको प्रयास गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन