रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु भएको छ्।पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा पुँजीपति वर्गको मात्रै प्रतिनिधि भएकाले रास्वपा नेकपाको मुख्य प्रतिद्वन्द्वी रहेको बताउनु भयो।

 

‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं। अब अहिले यो संसदीय व्यवस्था छ। संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली कांग्रेस थियो एकबेलामा,’ उहाँले भन्नु भयो।नेता खनालले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भयो।’उसले व्यापक दमन–मर्दन सुरु गरेको छ। उसले लिएको नीति कार्यक्रम तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन। सबै माथिल्लो वर्गको हितमा छ। बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ,’ उहाँले भन्नु भयो।

 

नेता खनालले अगाडि भन्नु भयो, ’यी कर भारहरु हेर्नुस्, यति धेरै कर भारहरु अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ। त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रा सामु आएको छ।’त्यसकारण सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने र नयाँ ढंगले समाजवादी क्रान्ति र रूपान्तरणको आन्दोलन अगाडि बढाउनुपर्ने उहाँले बताउनु भयो। विगतका कमी कमजोरी सच्याएर अगाडि बढेमा कम्युनिस्ट पार्टीले सफलता हासिल गर्ने उहाँको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका

गरिमा चौधरीको हत्याले स्तब्ध कुलमान घिसिङ, दुःख व्यक्त

बारा , भदौ ६ । जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष

युट्युबमा भिडियो ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन हुँदै

काठमाडौं,६ भदौ । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ

बडीमालिका : प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको पवित्र संगम

बाजुरा, भदौ ६ । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको

मूर्त–अमूर्त सम्पदा संरक्षणमा महानगर सक्रिय छ : सुनिता डंगोल

काठमाडौं,६ भदौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।लिच्छविकालीन