जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ ।

कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताउनु भयो ।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘आज देशको परिस्थिति असाधारण खालको छ । निकै ठूलो संकटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोसिँदै छन् । त्यसमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाब, हस्तक्षेप बढिरहेको छ ।’

यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उहाँले बताउनु भयो ।

प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको उल्लेख गर्दै अहिलेको समय र परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित र बाध्य बनाएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी यहाँ उपस्थित भएकाहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धाहरू थियौं । आज समय र परिस्थितिले फेरि सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित गरेको छ, बाध्य पारेको छ ।’

उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले आफूहरू सबैलाई त्यसबारे समीक्षा गर्ने ठाउँमा ल्याइपुर्याएको उहाँको भनाइ थियो ।

प्रचण्डले गत भदौ २३ र २४ गते भएको विध्वंसको घटनाले प्रतिक्रान्तिको भयानक विभीषिका देखाएको बताए । उक्त घटनाबाट समेत अनुभव लिएर कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटिहरूबारे समीक्षा गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘गत भदौ २३, २४ गतेको विध्वंसले प्रतिक्रान्तिको भयानक विभीषिका हामीले देख्यौं । त्यसका समेत अनुभवहरूबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं ।’

नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गरेको, ठूलो त्याग र बलिदानमा सहभागिता जनाएको तथा निर्वाचन प्रक्रियामा समेत अत्यधिक मत दिएको स्मरण गर्दै त्यसका बाबजुद कम्युनिस्ट आन्दोलन र उपलब्धिहरूलाई जोगाउन नसक्नु गम्भीर प्रश्न भएको प्रचण्डले बताए ।

‘नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक–पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताहरूले ठूलो–ठूलो त्याग र बलिदानमा सहभागिता मात्र होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदादिँदै पनि बचाउन हामीले किन सकेनौं ? यो एउटा गम्भीर प्रश्न छ,’ उहाँले भन्नु भयो ।

उहाँले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले विगतका त्रुटिको गम्भीर आत्मसमीक्षा गरी मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनु भयो । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र हासिल भएको एकतालाई दिगो बनाउनसमेत कठिन हुने उहाँको भनाइ थियो ।

‘जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो, मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं भने एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन,’ प्रचण्डले भन्न्ुा भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार