कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट बेपत्ता भएकी थिइन् ।उनलाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा एक स्थानीय महिलाले फेला पारेकी हुन् । फेला परेलगत्तै ती महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नो घरमा लगेर हेरचाह गरेकी थिइन् । पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

शनिबार साँझ बालिका हराएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको नेतृत्वमा रहेको सुरक्षा निकायको टोलीले रातभर तीव्र खोजी अभियान चलाएको थियो ।खोजी कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो । उक्त खोजी अभियानमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सहयोग गरेका थिए । सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयास तथा स्थानीयको सजगताका कारण बालिकालाई समयमै सकुशल फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट

जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ । कम्युनिस्ट

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका