सहमतिले होइन, प्रभावकारी कारबाहीले न्याय सुनिश्चित हुन्छ : सांसद गच्छदार

काठमाडौं,८ भदौ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले बालिकाहरू घर, बाटो, विद्यालय तथा गाउँबस्तीमा समेत असुरक्षित रहेको बताउनु भयो ।उहाँले भन्नु भयो , ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने ? न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्, न त गाउँबस्तीमै ।’उहाँले सप्तरीकी दुई वर्षीया खुसी खातुनको हत्या तथा बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो।

 

घटना भएपछि सडकमा आन्दोलन हुने र त्यसपछि सरकार तथा पीडित परिवारबीच विभिन्न बुँदे सहमति हुने गरेको उल्लेख गर्दै उनले यस्ता सहमतिले दीर्घकालीन न्याय सुनिश्चित गर्न नसक्ने बताउनु भयो ।उहाँले गरिमाको हत्या प्रकरणमा पनि सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रश्न गरिन्, ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’सहमति पत्रले तत्काल आन्दोलन रोक्न र राहतले क्षणिक पीडा कम गर्न सक्ने भए पनि त्यसले दीर्घकालीन न्यायको अनुभूति दिलाउन तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्ने उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो,‘सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, राहतले क्षणिक पीडा त कम गर्ला । तर यसले दीर्घकालिन न्यायको अनुभूति र राज्यको विश्वास पुनःस्थापित गर्न सक्दैन ।’सांसद गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रभावकारी अनुसन्धान, दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई दीर्घकालीन न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा