’पकेटमार र बलात्कारीलाई एउटै सजाय हुन सक्दैन’ : सांसद श्रद्धा कुँवर

काठमाडौँ,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिला माथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र प्रहार रोकिएको अवस्था नरहेको बताउनु भयो।उहाँले घर–परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि संसदसम्म महिलामाथि हुने पीडादायी घटनाबारे सबै जानकार रहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो,जन्मिनुअघि नै छोरी भनेर आमाको पेटमा नै हत्या हुन्छ। जन्मिएर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त बन्छिन्। सबैबाट बचेर बिहे भएर भित्रिँदा दाइजोको नाममा पीडित हुन्छिन् र श्रीमान्बाटै काटिन्छिन्।’क्षेत्रीले छोरी हुनु नै पापजस्तो बनाइएको भन्दै महिलाले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनु भयो।‘एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइएको छ। हामीले संविधान मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने?’उहाँले भन्नु भयो।

 

उहाँले सबै अपराधको प्रकृति र गम्भीरता एउटै नहुने भन्दै अपराधको गम्भीरताका आधारमा सजायको व्यवस्था हुनुपर्ने बताउनु भयो।उहाँले भन्नु भयो,‘सबै अपराधको प्रकृति र गम्भीरता एउटै हुँदैन। एउटा पकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन।’क्षेत्रीले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसाका अपराधीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गर्नु भयो। यस्तो सजायले अपराध गर्ने सोच नै जन्मिन नदिने गरी कानुन बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले महिला हिंसा अन्त्यका लागि संविधानमा भएका अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा