कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताउनु भयो । उहाँका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँइ घटनास्थलमै मृत्यु भएको हो ।

 

घटनापछि मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि कानुनी कारबाही गर्नुको सट्टा शवलाई जबर्जस्ती उठाएर लगेको बताउनु भयो । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा मृतकका श्रीमान्को टाउकोमा चोट लागेको उहाँले बताउनु भयो ।उहाँले घटनापछि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति घाइते भएको बताउनु भयो । घाइतेमध्ये केहीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उल्लेख गर्नु भयो । प्रहरीले कति पयलाई लाठी हानेर घाइते बनाएको छ । र अस्पतालमा भर्ना भएका छन् । उहाँको बालबचाको विजोक भएको छ ।

 

सांसद महरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गर्नु भएको छ । सार्वजनिक यातायात क्षेत्रमा देखिएको लापरबाही, गैरजिम्मेवारी र अराजकता नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँले बतायनु भयो ।

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु

’पकेटमार र बलात्कारीलाई एउटै सजाय हुन सक्दैन’ : सांसद श्रद्धा कुँवर

काठमाडौँ,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिला माथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गर्नु

सहमतिले होइन, प्रभावकारी कारबाहीले न्याय सुनिश्चित हुन्छ : सांसद गच्छदार

काठमाडौं,८ भदौ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।सोमबार

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट

संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा