विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बारा जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या तथा सप्तरीकी दुई वर्षीया खुसी खातुनको घरपरिवारबाटै हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उल्लेख गर्दै यस्ता घटनाले राज्य संयन्त्र र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो।

 

‘निर्दोष छोरीहरू निरन्तर क्रुर हिंसा, यौनजन्य अत्याचार र विभत्स हत्याको शिकार हुनुले हाम्रो कानुनी राज्यको मर्यादा र सामाजिक चेतनाको धज्जी उडाएको छ’उहाँले भन्नु भयो।शर्माले छोरीहरू आफ्नै घरआँगनमा समेत असुरक्षित बन्नुपर्ने र पीडित परिवारले न्यायका लागि सडकमा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो।उहाँले एकपछि अर्को विभत्स घटना भइरहेका बेला प्रधानमन्त्रीको निजी भ्रमणले नागरिकमा निराशा र राज्यको उदासीनता झल्किएको आरोप लगाउनु भएको छ।

 

शर्माले काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा दाङ घोराही–१७ का २२ वर्षीय बसन्त कलाथोकीको आफ्नै साथीबाट धारिलो हतियार प्रहार गरी हत्या भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो।छोराको मृत्युको खबर सुनेपछि मानसिक आघातका कारण ३८ वर्षीया आमा बिना कलाथोकीको समेत मृत्यु भएको उल्लेख गर्दै उहाँले घटनाले देशभरका होस्टेलको सुरक्षा व्यवस्थापन र सूचना सम्प्रेषणको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो।उहाँले भन्नु भयो,‘यस घटनाले होस्टेलहरूको सुरक्षा व्यवस्थापन र सूचना सम्प्रेषणको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। देशैभरिका होस्टेलहरूको सुरक्षा मापदण्ड र अनुगमनलाई तत्काल कडा बनाइयोस् र निगरानी गरियोस्।’

 

शर्माले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै पछिल्ला सबै घटनाको निष्पक्ष र गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भयो।उहाँले पीडित परिवारलाई उचित न्याय र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा