मेयर्स फोरमद्वारा आशिका तामाङको व्यवहारप्रति आपत्ति

काठमाडौँ ,९ भदौ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिनु भयो ।

प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको समय मिलाएर उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि रास्वपाकी सांसद आशिका तामाङले गरेको व्यवहारप्रति पनि घोर आपत्ति जनाएको छ।

काठमाडौँ उपत्यकाभित्र रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जालका रूपमा रहेको फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा यसअघि पनि पटक–पटक छलफल गर्दै आएको जनाएको छ।

फोरमले प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहेका समयदेखि नै तत्कालीन सरकार र नेप वेस्टबीच उपत्यकाको फोहोर व्यवस्थापनका लागि भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि मार्ग प्रशस्त गर्न माग गर्दै आएको जनाएको छ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय रहेको उल्लेख गरिएको छ। उपत्यकाको फोहोर व्यवस्थापन समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको पनि फोरमले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१५० दिनमै बालेनको साख गिर्दो : भारतीय मिडिया इण्डिया टुडेको टिप्पणी

काठमाण्डौँ, ९ भदौ। भारतीय मिडिया इन्डिया टुडेका पत्रकार आनन्द सिंहले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को डाउनफल सुरु भएको समाचार बनाउनु भएको छ । सरकार बनेको

कोशीका पत्रकारको दुर्घटना बिमा कार्यक्रम सुभारम्भ

बिराटनगर , ९ भदौ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रम सुरु गरिएको छ।‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’

विद्युत्मा भ्याट लगाएर महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौँ,९ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने

मेयर्स फोरमद्वारा आशिका तामाङको व्यवहारप्रति आपत्ति

काठमाडौँ ,९ भदौ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले

उद्योगमा सरकारको चासो छैन्ः अध्यक्ष श्रेष्ठ

काठमाडौँ,९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताउनु भएको छ । मंगलबार नाडा

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका