विद्युत्मा भ्याट लगाएर महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौँ,९ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताउनु भएको छ।

मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै विद्युत्माथि करको भार बढाएको बताउनु भयो।

उहाँले भन्नु भयो,‘देशमै विद्युत् खपत बढाउनुपर्छ। ग्यास रिप्लेस गर्नुप¥यो, पेट्रोल, डिजेल रिप्लेस गर्नुप¥यो। विद्युत् खेर जानुभन्दा त्यसको खपत बढाउनुपर्छ भन्ने कुरामा हामी सबै एकमत छौँ।’

घिसिङले विद्युत् खपत बढाउनुपर्ने अवस्थामा विद्युत्मै कर लगाउने, विद्युतीय सवारी महँगो बनाउने र चार्जिङ स्टेसनमा भ्याट लगाउने नीति लिइएको भन्दै सरकारको आलोचना गर्नुभयो।

‘विद्युतमा ट्याक्स लगाउने, विद्युतीय गाडीहरूलाई महँगो बनाउने, चार्जिङ स्टेसनमा भ्याट लगाउने कार्यले विद्युत् खपतलाई निरुत्साहित गर्छ । यो गर्नु हुँदैन,’उहाँले भन्नु भयो ।

उहाँले विद्युतमा लगाइएको भ्याटको असर उद्योगको उत्पादन लागत हुँदै आम उपभोक्तासम्म पुग्ने बताउनु भयो। विद्युत् महँगिँदा चामल, डन्डी, सिमेन्ट, तेललगायतका वस्तुको मूल्य बढ्ने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो,‘विद्युत् महँगो हुँदा चामलको भाउ बढ्छ, डन्डीको भाउ बढ्छ, सिमेन्टको भाउ बढ्छ, तेलको भाउ बढ्छ । विद्युतको मूल्य बढ्दा सबै उद्योगको लागत बढ्छ र त्यसको असर अन्ततः आम जनतालाई पर्छ ।’

घिसिङले सरकारको नीतिले विद्युतीय चुलो र विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यविपरीत काम गरेको आरोप लगाउनु भयो।

‘विद्युतमा महँगो बनाउने, भ्याट लगाउने अनि विद्युतीय चुलो कसरी प्रवद्र्धन हुन्छ ? विद्युतीय गाडी प्रवद्र्धन गर्न त भन्सारमा सहुलियत दिनुपर्छ, चार्जिङ स्टेसनमा सहुलियत दिनुपर्छ। उल्टै सबैमा भ्याट लगाएर कसरी विद्युत्को खपत बढ्छ ?’उहाँले भन्नु भयो।

उहाँले विद्युतको सट्टा ग्यास तथा पेट्रोलियम पदार्थको प्रयोग बढ्दा देशबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने बताउनु भयो।

घिसिङले सरकारले सर्वसाधारणमाथि कर थपेर सीमित राजस्व उठाउनुभन्दा पेट्रोलियम पदार्थको आयात घटाउने नीति लिनुपर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो,‘चार खर्ब रुपैयाँको पेट्रोल, डिजेल र ग्यास आयात हुन्छ । त्यसलाई दुई खर्ब रुपैयाँले मात्रै घटाउन सकियो भने देशको दुई खर्ब रुपैयाँ बचत हुन्छ । जनताबाट १२ अर्ब रुपैयाँ कर उठाएर मात्र देश विकास हुन्छ भन्ने सोच गलत हो।’

घिसिङले देशमा खेर गइरहेको विद्युत् स्वदेशमै खपत बढाउने र विदेश निर्यात गर्ने नीति आवश्यक रहेको बताउनु भयो। निजी क्षेत्र र बैंकमा रहेको ठूलो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारले वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।

‘देशको विद्युत् खपत गर, देशको विद्युत् निर्यात गर। खेर गइरहेको अर्बौँको विद्युत् बेचेर कमाउनुपर्छ। निजी क्षेत्रको लगानी बढाउनुपर्छ, लगानीका धेरै क्षेत्र छन्,’उहाँले भन्नु भयो ।

घिसिङले सरकार जनतालाई थप करको भार थोपर्ने नीतिबाट पछि हटेर विद्युत्, सिँचाइ, खानेपानी र उद्योग क्षेत्रको लागत घटाउनेतर्फ लाग्नुपर्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा