१५० दिनमै बालेनको साख गिर्दो : भारतीय मिडिया इण्डिया टुडेको टिप्पणी

काठमाण्डौँ, ९ भदौ। भारतीय मिडिया इन्डिया टुडेका पत्रकार आनन्द सिंहले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को डाउनफल सुरु भएको समाचार बनाउनु भएको छ । सरकार बनेको १५० दिनमै बालेन जेन–जीका नायकबाट खलनायक बन्ने बाटोमा गएको समाचारमा उल्लेख गरिएको छ ।

 

पत्रकार सिंहले पूर्व ‘भूमिगत ¥यापर’, स्ट्रक्चरल इन्जिनियर र काठमाडौं महानगरका मेयरको रूपमा जुन ओझ बोकेर सत्तामा पुग्नु भएको थियो त्यो ओझ अहिले कायम नभएको लेख्नु भएको छ । पूर्वप्रधाानमन्त्री ओलीलाई चुनाव हराएका तथा पुरानो राजनीतिक सत्ता भत्काउन नयाँ युवालाई राजनीतिमा तान्ने बालेन अहिले आफैँ राजनीतिक मोर्चामा कमजोर बन्दै गरेको समाचारमा भनिएको छ ।

समाचारमा बालेनको राजनीतिक असफलताका विभिन्न सात कारण दिइएको छ ।

 

१. नवयुवाको आन्दोलन

जेन–जीको बलमा सत्तामा पुग्नु भएको हो बालेन । तर, गत असार–साउनमा तिनै जेन–जीले सडकमा ओर्लिएर बालेनको विरोध गरेको भन्दै समाचारमा जेन–जी मत बालेनले गुमाएको चर्चा गरिएको छ । गणेश नेपालीको आत्मदाहपछि त्यो देखिएको समाचारमा भनिएको छ ।

२. संसदसँग दूरी

बालेन संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुन्छ । तर, उहाँले संसद नै छलिरहनु भएको छ। संसदसँग दूरी कायम गर्नु उहाँको अर्को कमजोरी भएको समाचारमा लेखिएको छ ।

३. पाँच महिनामै संकट

बालेन सरकार बनेको पाँच महिनामै उहाँको कार्याकालले समाधानभन्दा संकट धेरै ल्याएको समाचारमा भनिएको छ ।

४. भारतीय सीमावर्ति व्यापारमा कडाइ

भारतसँगको सीमावर्ती बजारमा हुने स्थानीयस्तरको किनमेलमा अवरोध गरेको तर पछि कदम फिर्ता गर्न बाध्य भएको बताइएको छ । भारतीय बजारमा निर्भर नेपालीलाई खाद्यान्नदेखि ओखतीमुलोमा समस्या बालेन सरकारले करको तर्क दिएर ल्याइदिएको समाचारमा भनिएको छ ।

५. राजदूतलाई एक्लै नभेट्ने र मन्त्री भन्दा सानोसँग नभेट्ने प्रोटोकल जिद्धिबाट व्याक

समाचारमा भारतका विदेश सचिव नेपालमा आाउन खोज्दा मन्त्री भन्दा मुनिकोसँग नभेट्ने बालेनले अडान लिएको बताइएको छ । तर, पछि त्यही अडान सकिएर राजदूतसँग एक्लाएक्लै भेटेको बताइएको छ ।

त्यो अडान १० अगस्टमा अन्त्य भएको बताइएको छ । भारतीय र चिनियाँ राजदूतसँग एक्लाएक्लै भेटेर त्यो अडानको अन्त्य भएको भनिएको छ ।

६. हिन्दु–मुस्लिम द्वन्द्वको सम्बोधन

सुनसरीमा भएको हिन्दु–मुस्लिम द्वन्द्वको कारण गुमनाम हुने बालेनले बाध्य भएर सम्बोधन गरेको समाचारमा भनिएको छ । त्यसले उहाँलाई आफूलाई राजनीतिको ‘आउटसाइडर’ राख्न चाहेको वृत्तबाट निकालेर भनिएको छ ।

७. पोखरामा भारतीय सेनामा भर्तीको पक्षमा प्रदर्शन

समाचारमा भारतका सेनापति धिरज सेठ नेपाल आउँदा पोखरा पुग्नु भयो । त्यहाँ प्रदर्शन भयो । प्रदर्शनको कारण नेपालीलाई भारतीय सेनामा भर्ती रोकिएको बारेमा थियो । त्यो प्रदर्शन पनि बालेनको असफलताको एक उदाहरणको संकेतका रूपमा समाचारमा चर्चा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा