रसुवामा बाढी

आधा दर्जन बढी जलविद्युत् आयोजनामा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं , १० भदौ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

 

बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न आग्रह गरेको छ।

 

नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिक तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र थप जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत अनुरोध गरिएको छ। प्राधिकरणले आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेको छ।विद्युत् आपूर्ति नियमित बनाउन हरसम्भव प्रयास भइरहेको जनाउँदै प्राधिकरणले आपूर्ति पूर्ण रूपमा नियमित नहुँदासम्म धैर्य गर्न र सोहीअनुसार सूचना प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा