भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं,१० भदौ । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार बाढी नेपाल प्रवेश गरेको करिब आधा घण्टापछि गल्छीसम्म पुगेको जानकारी प्राप्त भएको हो ।

महतका अनुसार बाढीका कारण नेपाल टेलिकम (एनटीसी) र एनसेलका टावरमा क्षति पुगेकाले सञ्चार सम्पर्क प्रभावित भएको छ । दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी टावर मर्मतको काम भइरहेको उहाँले जानकारी दिनु भयो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन । केही स्थानमा उद्धार आवश्यक परेको जानकारी आएपछि नेपाली सेनाका तीनवटा हेलिकप्टर तत्काल परिचालन गरिएको महतले बताइन् । स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिइन् ।

‘क्षतिको विस्तृत विवरण आइसकेको छैन। एक–दुईवटा घटनामा उद्धार गर्नुपर्ने जानकारी आएपछि हेलिकप्टर तत्काल पठाएका छौँ,’ महतले भन्नुभयो ।

प्राधिकरणले प्रारम्भिक रूपमा बाढी हिमपग्लाइका कारण आएको हुनसक्ने अनुमान गरेको छ । महतका अनुसार नदी केही समयअघि हिमपहिरोका कारण थुनिएको र थुनिएको नदी अचानक खुलेपछि ठूलो बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।

यद्यपि बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार बाढी नेपालमा बिहान ८ः४० बजे प्रवेश गरेको थियो भने प्राधिकरणले रसुवाबाट करिब बिहान ९ बजे घटनाबारे जानकारी प्राप्त गरेको थियो ।

महतले सीमापारबाट आउने यस्ता विपद्का घटनाबारे पूर्वसूचना प्राप्त गर्न चीनसँग थप समन्वय आवश्यक रहेको बताउनु भयो । नदीको माथिल्लो भाग चीनतर्फ रहेकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै जानकारी प्राप्त हुने अवस्था रहेको उहाँको भनाइ छ ।

यस्ता घटना बढ्दै गएकाले नेपाल र चीनबीच समझदारीपत्र (एमओयू) गरी सीमा–पार विपद् सूचना तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनु भयो ।

बाढीको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को बैठक बसिरहेको महतले जानकारी दिनुभयो । यसअघि गृहमन्त्रीको अध्यक्षतामा कमान्ड पोस्टको बैठक सम्पन्न भइसकेको छ ।

उहाँका अनुसार नीतिगत तथा ठूलो निर्णय आवश्यक पर्ने अवस्था आएमा राष्ट्रिय परिषद्बाट निर्णय हुनेछ । अहिले भने स्थानीय प्रशासन, स्थानीय तह तथा गैरसरकारी संस्थालगायतका निकायलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ ।

त्यस्तै, निजी क्षेत्र, हेलिकप्टर कम्पनी तथा राफ्टिङ एसोसिएसनसँग भएका सम्झौताअनुसार उनीहरूलाई अन्यत्र परिचालन नगरी आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै थप विवरण संकलन तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा