केपी ओलीको यस्तो अपिल सार्बजनिक

काठमाडौ ,१० साउन | पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीका कारण नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ।

अध्यक्ष ओलीले बुधबार अपिल जारी गर्दै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पानीको बहाव बढेको जानकारी गराउँदै रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको हो।

उहाँले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ।

यस्तै, ओलीले नेकपा एमालेका पार्टी कमिटी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ।

बाढी तथा विपद्का कारण हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा