भोटेकोशी बाढी अपडेट , १ हजार ४५३ जनाको शव फेला

काठमाडौं,९ असोज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ८ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो ।

साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २१५ जना व्यक्तिहरूलाई राखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पश्चिम नेपालमा आज पनि भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम खुल्ने

काठमाडौं , असोज १०। देशका विभिन्न भू–भागमा आज पनि वर्षा भइरहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले

मोरङ सीमाबाट १३ लाख बढीको अवैध सामानसहित अटो नियन्त्रणमा

विराटनगर , असोज १०। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्रीहरू सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा इलाकाबाट बरामद गरेको

पश्चिम नेपालमा अति भारी वर्षा : बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ , असोज १०। नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

विराटनगर , असोज १०। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ

झरीपछि खुलेको इलाम : चियाबारीमा थपियो प्राकृतिक रौनक

इलाम ,असोज १०। लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको

काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने ६३ सवारीमाथि कारबाही

काठमाडौं , असोज १०। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार