पश्चिम नेपालमा अति भारी वर्षा : बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ , असोज १०। नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी भूभागमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा सबैभन्दा धेरै पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ। यसैगरी कोशी प्रदेशको सोलुखुम्बु आसपास र बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक तथा रसुवा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। अन्य भूभागमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ।

पछिल्लो समय लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी भूभागअन्तर्गत कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने अहिले पानी परेको छैन। ती क्षेत्रमा घाम र बादल लाग्ने क्रम जारी छ। नेपालमा अहिले भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा सोही प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा नेपालको पश्चिममा बढी पानी परेको मौसमविद् लामिछानेले जानकारी दिए। यो प्रणाली बिस्तारै पश्चिमतिर सर्दै कमजोर हुने अवस्थामा रहे पनि आज र भोलिसम्म नेपालको पश्चिमी क्षेत्रमा यसको गहिरो प्रभाव रहनेछ। आज (शनिबार) दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा हल्कादेखि मध्यम तथा ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुने सम्भावना छ।

भोलिसम्म यी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहनेछ। तर पूर्वी भूभागहरू कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। भोलि राति र पर्सिबाट भने देशभरिकै मौसममा सुधार आउने र पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ। आउँदो सोमबारबाट भने देशभरको मौसम सफा रहने र कतै पानी परिहाले पनि त्यसले ठुलो प्रभाव नपार्ने बताइएको छ।पश्चिमी क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका लागि जोखिमको स्तर हेरी ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी (अलर्ट) जारी गरेको छ। रातो रङ लगाइएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अति उच्च हुन्छ। पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएकाले सम्भावित जोखिम कम हुने जनाउँदै ‘पहेँलो’ रङको सतर्कता दिइएको छ।भोलि ११ गतेसम्म पश्चिमी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम उच्च छ। यसै विषयलाई मध्यनजर गर्दै मौसमविद् लामिछाने भन्छन्, ‘पहिरो जाने, डुबान हुने र कटान गर्ने क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउनुहोला।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा