मोरङ सीमाबाट १३ लाख बढीको अवैध सामानसहित अटो नियन्त्रणमा

विराटनगर , असोज १०। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्रीहरू सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा इलाकाबाट बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर  कंकालिनी मोरङ र सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको संयुक्त टोलीले असोज ९ गते मोरङको विभिन्न सीमा नाकाबाट ती सामानहरू नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी मेहेन्द्रबहादुर भण्डारीका अनुसार सीमा क्षेत्रमा अवैध चोरीपैठारी नियन्त्रणका लागि खटिएको गस्ती टोलीले भन्सार छली नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा लत्ताकपडा, कस्मेटिक सामान तथा ढुवानीमा प्रयोग गरिएको १ थान अटोरिक्सा नियन्त्रणमा लिएको हो। एसपी भण्डारीका अनुसार बरामद गरिएका सामग्री तथा सवारी साधनको भन्सार दाखिला मूल्य कुल १३ लाख ३५ हजार ५२५ रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका सम्पूर्ण सामग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानी, मोरङमा बुझाइएको एसपी भण्डारीले जानकारी दिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका

सप्तरीको तिलाठी कोइलाडीमा कोशी पस्यो : १७ घर डुबानमा, सशस्त्रको क्याम्प पनि प्रभावित

सप्तरी , १० असोज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड एकतर्फी खुल्यो

काठमाडौं , १० असोज। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो

कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं

भित्ताका तस्वीर धमिलिँदै गए, तर बाढीमा बेपत्ता आफन्त खोज्नेको पर्खाइ मेटिएन

काठमाडौं , असोज १०। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ

विवादमा मुछिएका गड्डाचौकीका भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन निर्देशन

काठमाडौं , असोज १०। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच