पुनर्स्थापनाबिना डोजर चलाइएको विरोधमा जनकपुरधाममा सडक प्रदर्शन

जनकपुर , असोज ९ । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताउनुभयो । उहाले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो। धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ ।

केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डोजर चलाएर अतिक्रमणमुक्तको नाममा कयौं घर तोडिएको थियो । घर तोडिएकामध्ये एक जना महिला आफ्नो तीन महिनाको बालकलाई लिएर प्लास्टिकको छाना बनाएर बस्नुपरेको सुनाउँदै अध्यक्ष साहले उठिबास मात्र गर्ने कि पुनस्र्थापनाको जिम्मेजारी पनि लिने सरकार भनेर प्रश्न गर्नुभएको छ । अध्यक्ष साहले सरकारको नीतिले जनकपुरधामनै सखाप हुने बताउनुभयो । उहाले सरकारविरुद्ध सशक्त प्रर्दशनमा उत्रने र त्यसबाट हुने जनधनको हानी नोक्सानीको जिम्मेवार स्वयम सरकार हुने चेतावनी दिनुभयो ।संघर्ष समितिले धनुषा जिल्लाका प्रमुख प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री कार्यालय, गुठी संस्थान, भूमि सुधार कार्यालयलाई ज्ञापन पत्र दिनुभयो । विरोध प्रदर्शनमा ५०० भन्दा बढी सहभागी रहेका छन् ।। जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताउनुभयो । उहाले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो। धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ ।केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डोजर चलाएर अतिक्रमणमुक्तको नाममा कयौं घर तोडिएको थियो । घर तोडिएकामध्ये एक जना महिला आफ्नो तीन महिनाको बालकलाई लिएर प्लास्टिकको छाना बनाएर बस्नुपरेको सुनाउँदै अध्यक्ष साहले उठिबास मात्र गर्ने कि पुनस्र्थापनाको जिम्मेजारी पनि लिने सरकार भनेर प्रश्न गर्नुभएको छ । अध्यक्ष साहले सरकारको नीतिले जनकपुरधामनै सखाप हुने बताउनुभयो । उहाले सरकारविरुद्ध सशक्त प्रर्दशनमा उत्रने र त्यसबाट हुने जनधनको हानी नोक्सानीको जिम्मेवार स्वयम सरकार हुने चेतावनी दिनुभयो ।संघर्ष समितिले धनुषा जिल्लाका प्रमुख प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री कार्यालय, गुठी संस्थान, भूमि सुधार कार्यालयलाई ज्ञापन पत्र बुझाउनुभएको छ । विरोध प्रदर्शनमा ५०० भन्दा बढी सहभागी रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

काठमाडौं ,९ असोज। नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको

राष्ट्रसंघमा नेपालको आवाज बुलन्द पारेको भन्दै जेनजी अगुवाद्वारा प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं , असोज ९ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।उनीहरूले नेपालको राष्ट्रिय हित,

झापामा अहिले प्रश्न सडकको मात्रै होइन—नदीको बहाव बढ्दै जाँदा कुन बस्तीमा पानी पस्ने हो भन्ने जोखिम पनि बढेको छ

झापा,९ असोज। झापामा लगातार वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि जिल्लाका विभिन्न तटीय तथा होचा भूभागमा बाढी र डुबानको जोखिम बढेको छ। जिल्ला प्रशासनका

२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५/२ मिलिमिटर मापन

काठमाडौं ,९ असोज। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ ।   नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको

लगातारको वर्षा र पहिरोले राजधानीको भान्सा प्रभावित : तरकारीको भाउ आकासियो

९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको

वर्षाले थलियो देश!: विभिन्न राजमार्ग बन्द, वर्षासँगै के छ देशभरको अवस्था

असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षासँगै पहिरो, बाढी र सडक भासिँदा विभिन्न राजमार्गको यातायात प्रभावित भएको छ। कहीं सडक पूर्ण