पुनर्स्थापनाबिना डोजर चलाइएको विरोधमा जनकपुरधाममा सडक प्रदर्शन

जनकपुर , असोज ९ । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताउनुभयो । उहाले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो। धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ ।

केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डोजर चलाएर अतिक्रमणमुक्तको नाममा कयौं घर तोडिएको थियो । घर तोडिएकामध्ये एक जना महिला आफ्नो तीन महिनाको बालकलाई लिएर प्लास्टिकको छाना बनाएर बस्नुपरेको सुनाउँदै अध्यक्ष साहले उठिबास मात्र गर्ने कि पुनस्र्थापनाको जिम्मेजारी पनि लिने सरकार भनेर प्रश्न गर्नुभएको छ । अध्यक्ष साहले सरकारको नीतिले जनकपुरधामनै सखाप हुने बताउनुभयो । उहाले सरकारविरुद्ध सशक्त प्रर्दशनमा उत्रने र त्यसबाट हुने जनधनको हानी नोक्सानीको जिम्मेवार स्वयम सरकार हुने चेतावनी दिनुभयो ।संघर्ष समितिले धनुषा जिल्लाका प्रमुख प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री कार्यालय, गुठी संस्थान, भूमि सुधार कार्यालयलाई ज्ञापन पत्र दिनुभयो । विरोध प्रदर्शनमा ५०० भन्दा बढी सहभागी रहेका छन् ।। जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताउनुभयो । उहाले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो। धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ ।केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डोजर चलाएर अतिक्रमणमुक्तको नाममा कयौं घर तोडिएको थियो । घर तोडिएकामध्ये एक जना महिला आफ्नो तीन महिनाको बालकलाई लिएर प्लास्टिकको छाना बनाएर बस्नुपरेको सुनाउँदै अध्यक्ष साहले उठिबास मात्र गर्ने कि पुनस्र्थापनाको जिम्मेजारी पनि लिने सरकार भनेर प्रश्न गर्नुभएको छ । अध्यक्ष साहले सरकारको नीतिले जनकपुरधामनै सखाप हुने बताउनुभयो । उहाले सरकारविरुद्ध सशक्त प्रर्दशनमा उत्रने र त्यसबाट हुने जनधनको हानी नोक्सानीको जिम्मेवार स्वयम सरकार हुने चेतावनी दिनुभयो ।संघर्ष समितिले धनुषा जिल्लाका प्रमुख प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री कार्यालय, गुठी संस्थान, भूमि सुधार कार्यालयलाई ज्ञापन पत्र बुझाउनुभएको छ । विरोध प्रदर्शनमा ५०० भन्दा बढी सहभागी रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा