आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं,९ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि नेपालका धेरैजसो भूभागमा वर्षा भइरहेको छ भने यो प्रणाली क्रमिक रूपमा पश्चिमतर्फ सर्दै जाने क्रममा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको यो प्रणालीका कारण नेपालका धेरैजसो स्थानमा वर्षा भइरहेको छ र आगामी दिनमा यसको प्रभाव विशेष गरी देशका पश्चिमी भूभागहरूमा बढी पर्नेछ ।

विगत २४ घण्टाको विवरण अनुसार देशका अधिकांश स्थानहरू, विशेष गरी कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रहरूमा तुलनात्मक रूपमा अलि बढी वर्षा मापन गरिएको छ ।

त्यसैगरी पाल्पाको अर्चली मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ भने अन्य धेरै भूभागहरूमा भारी वर्षा भएको छ ।

निरन्तरको झरी र भारी वर्षाका कारण पहाडी क्षेत्रहरूमा पहिरो जान सक्ने तथा नदीहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले सर्वसाधारण र सम्बद्ध निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान अनुसार आज असोज ९ गते तथा भोलि र पर्सि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी रहनेछ । असोज १० गते शनिबारदेखि पूर्वी क्षेत्रहरू कोशी, मधेश र बाग्मती प्रदेशमा क्रमिक रूपमा वर्षा कम हुँदै मौसममा सुधार आउनेछ भने सोही दिन रातिदेखि पश्चिमी भूभागहरूमा वर्षाको प्रभाव अझ बढ्दै जानेछ ।

असोज ११ गते आइतबार पूर्वी नेपालको मौसममा उल्लेख्य सुधार आउनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा कायमै रहनेछ ।

त्यसैगरी असोज १२ गते सोमबार सुदूरपश्चिमका केही भूभागमा बिहान सामान्य वर्षा भए पनि दिउँसोदेखि मौसममा सुधार आउनेछ र असोज १३ गतेदेखि देशैभरिको मौसम सामान्य बन्दै जाने अनुमान गरिएको छ ।

हाल देशभर धान भित्र्याउने समय भएकाले मौसम विज्ञान विभागले विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका किसानहरूलाई आगामी एक–दुई दिन धान नकाट्न र मौसममा सुधार आएपछि मात्र कटानीको योजना बनाउन विशेष अनुरोध गरेको छ ।

आगामी दुई–तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहने हुनाले उच्च सतर्कता अपनाउन अपिल गर्दै विभागले थप मौसमी सूचनाका लागि आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज ‘नेपाल वेदर फोरकास्ट वा टोल(फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

काठमाडौं ,९ असोज। नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको

राष्ट्रसंघमा नेपालको आवाज बुलन्द पारेको भन्दै जेनजी अगुवाद्वारा प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं , असोज ९ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।उनीहरूले नेपालको राष्ट्रिय हित,

झापामा अहिले प्रश्न सडकको मात्रै होइन—नदीको बहाव बढ्दै जाँदा कुन बस्तीमा पानी पस्ने हो भन्ने जोखिम पनि बढेको छ

झापा,९ असोज। झापामा लगातार वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि जिल्लाका विभिन्न तटीय तथा होचा भूभागमा बाढी र डुबानको जोखिम बढेको छ। जिल्ला प्रशासनका

२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५/२ मिलिमिटर मापन

काठमाडौं ,९ असोज। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ ।   नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको

लगातारको वर्षा र पहिरोले राजधानीको भान्सा प्रभावित : तरकारीको भाउ आकासियो

९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको

वर्षाले थलियो देश!: विभिन्न राजमार्ग बन्द, वर्षासँगै के छ देशभरको अवस्था

असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षासँगै पहिरो, बाढी र सडक भासिँदा विभिन्न राजमार्गको यातायात प्रभावित भएको छ। कहीं सडक पूर्ण