आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं,९ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि नेपालका धेरैजसो भूभागमा वर्षा भइरहेको छ भने यो प्रणाली क्रमिक रूपमा पश्चिमतर्फ सर्दै जाने क्रममा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको यो प्रणालीका कारण नेपालका धेरैजसो स्थानमा वर्षा भइरहेको छ र आगामी दिनमा यसको प्रभाव विशेष गरी देशका पश्चिमी भूभागहरूमा बढी पर्नेछ ।

विगत २४ घण्टाको विवरण अनुसार देशका अधिकांश स्थानहरू, विशेष गरी कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रहरूमा तुलनात्मक रूपमा अलि बढी वर्षा मापन गरिएको छ ।

त्यसैगरी पाल्पाको अर्चली मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ भने अन्य धेरै भूभागहरूमा भारी वर्षा भएको छ ।

निरन्तरको झरी र भारी वर्षाका कारण पहाडी क्षेत्रहरूमा पहिरो जान सक्ने तथा नदीहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले सर्वसाधारण र सम्बद्ध निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान अनुसार आज असोज ९ गते तथा भोलि र पर्सि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी रहनेछ । असोज १० गते शनिबारदेखि पूर्वी क्षेत्रहरू कोशी, मधेश र बाग्मती प्रदेशमा क्रमिक रूपमा वर्षा कम हुँदै मौसममा सुधार आउनेछ भने सोही दिन रातिदेखि पश्चिमी भूभागहरूमा वर्षाको प्रभाव अझ बढ्दै जानेछ ।

असोज ११ गते आइतबार पूर्वी नेपालको मौसममा उल्लेख्य सुधार आउनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा कायमै रहनेछ ।

त्यसैगरी असोज १२ गते सोमबार सुदूरपश्चिमका केही भूभागमा बिहान सामान्य वर्षा भए पनि दिउँसोदेखि मौसममा सुधार आउनेछ र असोज १३ गतेदेखि देशैभरिको मौसम सामान्य बन्दै जाने अनुमान गरिएको छ ।

हाल देशभर धान भित्र्याउने समय भएकाले मौसम विज्ञान विभागले विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका किसानहरूलाई आगामी एक–दुई दिन धान नकाट्न र मौसममा सुधार आएपछि मात्र कटानीको योजना बनाउन विशेष अनुरोध गरेको छ ।

आगामी दुई–तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहने हुनाले उच्च सतर्कता अपनाउन अपिल गर्दै विभागले थप मौसमी सूचनाका लागि आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज ‘नेपाल वेदर फोरकास्ट वा टोल(फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क