अर्चना झाद्वारा मैथिलीमा अनुवादित सम्पूर्ण महाभारत लोकार्पण, प्रथम उपराष्ट्रपति झाद्वारा प्रशंसा

 काठमाडौं , असोज ९ । प्रथम उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषामा अनुवादित ‘सम्पूर्ण महाभारत’ ग्रन्थ मैथिली भाषाभाषीको घर–घरमा पुर्याउनुपर्ने बताउनुभएको छ । मैथिली गद्यमा अर्चना झाद्वारा अनुवादित ‘सम्पूर्ण महाभारत’ ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै झाले महाभारत सनातन धर्मावलम्बीका लागि महत्वपूर्ण ग्रन्थ रहेको उल्लेख गर्दै यसको मैथिली भाषामा अनुवाद हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।उहाले महाभारतलाई ‘पाँचौँ वेद’का रूपमा समेत मानिने उल्लेख गर्दै यति कठिन र महत्वपूर्ण ग्रन्थलाई मैथिली भाषामा सरल र रोचक ढंगले अनुवाद गरेकोमा अनुवादक अर्चना झालाई धन्यवाद दिनुभयो ।झाले आफूले पुस्तकको सम्पूर्ण भाग पढ्न नसके पनि करिब चार सयदेखि साढे चार सय पृष्ठ अध्ययन गरेको र मैथिलीमा गरिएको अनुवाद निकै रोचक तथा सरल पाएको बताउनुभयो । महाभारतका गूढ विषयवस्तुलाई समेत अनुवादकले सहज भाषामा प्रस्तुत गरेको उहाको भनाइ थियो ।‘महाभारत कथा नै कथाले भरिएको रोचक पुस्तक हो,’ झाले भने, ‘यसलाई सबैले कम्तीमा एकपटक अवश्य पढ्नुपर्छ ।’

झाले मैथिली भाषामा अनुवादित महाभारत अन्य भाषाका संस्करणभन्दा कम रोचक नरहेको समेत बताउनुभयो । आफूले हिन्दी भाषामा रहेको महाभारतको टीका पढ्दा प्राप्त गरेको आनन्द मैथिली भाषामा अनुवादित महाभारत पढ्दा पनि प्राप्त भएको उहाले उल्लेख गर्नुभयो ।उहाले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा महत्वपूर्ण स्थान बनाएझैँ अर्चना झाले मैथिली भाषामा गरेको महाभारतको अनुवादले पनि भविष्यमा महत्वपूर्ण स्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।मैथिली भाषाभाषीको घर–घरमा पुस्तक पुग्नुपर्ने बताउँदै झाले यसको अध्ययनले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।झाले पुस्तक प्रकाशनमा अर्चना झाको परिवारले गरेको योगदानको पनि प्रशंसा गर्नुभयो । उहाका पति तथा छोराछोरीसहित परिवारका सदस्यहरूले पुस्तक प्रकाशनमा सहयोग गरेको भन्दै उनले सम्पूर्ण परिवारलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा झाले अर्चना झाको उत्तरोत्तर प्रगतिको कामना गर्दै मैथिली भाषाको साहित्यिक क्षेत्रमा उहाको योगदानले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा