पृथ्वी र बीपीसहित देशभरका मुख्य सडकखण्ड पहिरोले ठप्प, खुलाउने प्रयास जारी

काठमाडौं , असोज १०। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ । सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कर्णाली राजमार्गलगायतका महत्वपूर्ण सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, बाँकेबगर (चौकीभीर), जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्णरूपमा बन्द भएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो खस्नुका साथै डाइभर्सनसमेत बगाएकाले सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुरतर्फ चपली र तकुर्चेलगायतका स्थानमा पहिरो हटाउने काम भइरहेको छ ।सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएपछि आवागमन अवरुद्ध भएको छ । रक ब्रेकरसहितको एस्काभेटर र ह्विल लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ ।मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सडक अवरुद्ध छ । सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ ।कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खसेपछि गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र र बाङ्गेसिमल–दहीखोलालगायतका सडकखण्ड प्रभावित भएका छन् । ती क्षेत्रमा लोडरसहितको टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक बन्द भएको छ । पानीको सतह घटेपछि सडक खुलाउने तयारी गरिएको छ ।यस्तै, बागलुङ–बेनी सडकको म्याग्दीस्थित हुलाके तथा राप्ती राजमार्गको कपुरकोट–खारखोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । दुवै सडकखण्डमा उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ ।भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसे पनि साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन् । सडक विभागले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्थाबारे थप जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने विभागले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क