पृथ्वी र बीपीसहित देशभरका मुख्य सडकखण्ड पहिरोले ठप्प, खुलाउने प्रयास जारी

काठमाडौं , असोज १०। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ । सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कर्णाली राजमार्गलगायतका महत्वपूर्ण सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, बाँकेबगर (चौकीभीर), जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्णरूपमा बन्द भएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो खस्नुका साथै डाइभर्सनसमेत बगाएकाले सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुरतर्फ चपली र तकुर्चेलगायतका स्थानमा पहिरो हटाउने काम भइरहेको छ ।सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएपछि आवागमन अवरुद्ध भएको छ । रक ब्रेकरसहितको एस्काभेटर र ह्विल लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ ।मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सडक अवरुद्ध छ । सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ ।कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खसेपछि गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र र बाङ्गेसिमल–दहीखोलालगायतका सडकखण्ड प्रभावित भएका छन् । ती क्षेत्रमा लोडरसहितको टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक बन्द भएको छ । पानीको सतह घटेपछि सडक खुलाउने तयारी गरिएको छ ।यस्तै, बागलुङ–बेनी सडकको म्याग्दीस्थित हुलाके तथा राप्ती राजमार्गको कपुरकोट–खारखोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । दुवै सडकखण्डमा उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ ।भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसे पनि साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन् । सडक विभागले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्थाबारे थप जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने विभागले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने

लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा