उर्लिएको कालीगण्डकीमा ज्यानको बाजी लगाएर दाउरा संकलन, प्रहरीको चेतावनी बेवास्ता

पर्वत , असोज १०। तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा निकाल्न पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीयवासी ज्यानको प्रवाह नगरी तँछाडमछाड गरिरहेका छन्।बाढीसँगै बगेर आएका दाउरा जम्मा गर्न शनिबार बिहानैदेखि नदी किनारमा स्थानीयको भीड लागेको छ। लौरोमा अङ्कुशे बनाएर त्यसैको सहायताले नदीबाट मुढा निकालिरहेका उनीहरूलाई प्रहरीले सिट्ठी बजाउँदै सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।

प्रहरीको चेतावनी र आग्रहलाई बेवास्ता गर्दै उनीहरू आफ्नै धुनमा दाउरा संकलनमा व्यस्त देखिन्छन्।नदी बस्तीमै पस्ने जोखिम बढ्दा पनि स्थानीयवासीलाई खासै चासो छैन। कालीगण्डकीलाई नै चुनौती दिँदै एक स्थानीयले भने, ‘यो नदी अहिलेसम्म बस्तीमा पसेकै छैन, हामी यहाँ बस्न लागेको वर्षौँ भइसक्यो।’बागलुङ र पर्वत जोड्ने कालीगण्डकी पुलछेउ र माझी बस्तीकै आडमा उनीहरूले संकलन गरेका दाउरा र मुढाको चाङ लगाएका छन्। कतिपय स्थानीयहरू भने त्यही दाउराका लागि आपसमा झगडासमेत गरिरहेका भेटिन्छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा