झापामा खाद्य सामग्रीको सहुलियत मूल्य निर्धारण

झापामा तोकियो चामल, चिनी र नुनको सहुलियत मूल्य

दमक, १२ असोज | दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै झापामा चामल, चिनी र नुनको सहुलियत मूल्य तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा सोमबार कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुखबीच बसेको बैठकले खाद्य सामग्रीको सहुलियत मूल्य निर्धारण गरेको हो।

निर्णयअनुसार चामल जिरा मसिनो प्रतिकेजी ७५ रुपैयाँ मा बिक्री गरिनेछ। यसको अधिकतम बिक्री मूल्य ८० रुपैयाँ रहेकामा ५ रुपैयाँ छुट दिइएको हो।

त्यस्तै, चामल सोना मन्सुली प्रतिकेजी ५७ रुपैयाँ मा बिक्री हुनेछ। यसको अधिकतम बिक्री मूल्य ६२ रुपैयाँ रहेकामा ५ रुपैयाँ छुट दिइएको हो।

बैठकले चिनीको सहुलियत मूल्य प्रतिकेजी ११० रुपैयाँ र नुनको मूल्य प्रतिकेजी २४ रुपैयाँ तोकेको छ। नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिइएको हो।

चाडपर्वका समयमा सर्वसाधारणलाई खाद्य सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न पर्याप्त मौज्दात कायम राख्ने तथा सहुलियत मूल्यमा बिक्रीका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णयसमेत भएको छ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनले झापाका २५ भन्दा बढी विक्रेतामार्फत थोक रूपमा नुन उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले स्थानीय उद्योग वाणिज्य संघ, व्यापारिक संघसंस्था तथा निजी क्षेत्रका व्यवसायीलाई समेत चाडपर्वको अवसरमा उपभोक्ताका लागि सहुलियत, छुट तथा राहतका प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा