यस्तो छ कारण, अमेरिका र क्यानाडाबिच तनाब चुलियो

काठमाडौँ, १३ असोज । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए।

प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब २० अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।

राष्ट्रपति ट्रम्पले क्यानाडाली मदिरामाथिको प्रतिबन्धलाई अमेरिकी उत्पादनमाथि क्यानाडाले गरेको ‘भेदभावपूर्ण’ व्यवहारको जवाफ बताउनुभएको छ । अगस्टमा वासिङ्टनमा व्यापारिक सङ्कट समाधानका लागि भएको वार्ता असफल भएपछि दुई देशबीचको तनाव थप बढेको हो।

क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट हुने गरेको छ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा जाने गरेको छ । क्यानाडा सरकारले व्यवसायी तथा कामदारलाई सहयोग गर्न पाँच अर्ब ४० करोड अमेरिकी डलरको आर्थिक प्याकेज सार्वजनिक गरेको छ।

स्पिरिट्स क्यानाडाका अनुसार अमेरिका क्यानाडाली मदिराको प्रमुख निर्यात बजार हो र क्यानाडाको स्पिरिट उत्पादनको करिब ५० प्रतिशत अमेरिकी मागमा निर्भर छ। प्रतिबन्धका कारण क्यानाडाली उत्पादकलाई तत्काल अमेरिकी बजारमा गुमेको माग अन्यत्रबाट पूर्ति गर्न सीमित अवसर मात्र रहने सङ्गठनले जनाएको छ। रासस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित

दमक नगरपालिकामा फारम भर्न र निवेदन लेख्न अब शुल्क नलाग्ने

दमक । १३ असोज | दमक नगरपालिकामा कार्यालयसँग सम्बन्धित फारम भर्ने र निवेदन लेख्न अब सेवाग्राहीले शुल्क तिर्नु नपर्ने भएको छ। नगरपालिकाले सेवाग्राहीलाई आवश्यक सहयोग

इटहरीका १५ सहकारीलाई ३५ दिनको अल्टिमेटम, नत्र खारेजीसम्मको चेतावनी

इटहरी ,१३ असोज। लामो समयदेखि आवश्यक विवरण तथा कागजात नबुझाई निष्क्रियजस्तै रहेका १५ वटा सहकारी संस्थालाई इटहरी उपमहानगरपालिकाले ३५ दिनभित्र संस्था अद्यावधिक गर्न अल्टिमेटम दिएको

कांग्रेसको अधिवेशनबाट ४४ हजार युवा नेतृत्वमा, करिब एक लाखको प्रतिस्पर्धा

काठमाडौं,१३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेका विभिन्न तहका अधिवेशनबाट झन्डै ४४ हजार युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्। करिब एक लाख युवाले विभिन्न

यस्तो छ कारण, अमेरिका र क्यानाडाबिच तनाब चुलियो

काठमाडौँ, १३ असोज । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर ,१३ असोज। तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति विराटनगर–६ सरोचियास्थित