भद्रपुरमा दाजुको छुरा प्रहारबाट भाइ घाइते, आरोपी फरार

भद्रपुर, ९ कात्तिक । झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजुले छुरा प्रहार गर्दा भाइ गम्भीर घाइते भएका छन्।भद्रपुर नगरपालिका–५ सुन्दर बस्ती बस्ने ३२ वर्षीय कुबराज हस्दाले गएराति करिब १० : २० बजे आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दा माथि धारिलो हतियार (छुरा) प्रहार गरेका हुन्। सामान्य विषयमा भनाभन हुँदा कुबराजले भाइमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

 

छुरा प्रहारबाट बाबुलालको घाँटीको पछाडिको भाग र गालामा गहिरो चोट लागेको छ। घाइतेको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।घटनास्थलबाट प्रहरीले आक्रमणमा प्रयोग गरिएको छुरा नियन्त्रणमा लिएको छ। घटनालगत्तै फरार भएका आरोपी कुबराजको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलर नजिक

काठमाडौं ,९ कार्तीक । पश्चिम एसिया (मध्यपूर्व) मा चर्किएको भूराजनीतिक तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र गतिमा उकालो लागेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा

खोटाङमा ज्वाइँद्वारा धारिलो हतियार प्रहार, श्रीमती सहित चार घाइते

खोटाङ,९ कार्तीक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक व्यक्तिले ससुराली पुगेर धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था

भद्रपुरमा दाजुको छुरा प्रहारबाट भाइ घाइते, आरोपी फरार

भद्रपुर, ९ कात्तिक । झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजुले छुरा प्रहार गर्दा भाइ गम्भीर घाइते भएका छन्।भद्रपुर नगरपालिका–५ सुन्दर बस्ती बस्ने ३२ वर्षीय कुबराज

इलामको चौरी बजारमा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम, ९ कात्तिक । इलामको देउमाई नगरपालिकामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।देउमाई नगरपालिका–१ चमैतास्थित चौरी बजारमा बिहान करिब ६ :

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie