झापा, ३० कात्तिक । लोक आस्थाको महान् पर्व छठ पूजाको समयमा भारतको दिघलबैंकमा भएको दुखद सडक दुर्घटनाले खुशीलाई शोकमा परिणत गरेको छ ।
सूर्यनारायण टोल निवासी कमला देवी छठ पूजाको अवसरमा हिजो आइतबार साँझको पूजा गरेर आफ्नो घर फर्कदै हुनुन्थ्यो। यसैबीच, बाटोमा तीव्र गतिमा आइरहेको मोटरसाइकलले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनु भएको थियो । घटनापछि, स्थानीयहरूको सहयोगमा उनलाई उपचारको लागि किशनगंज लगिएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।










