काठमाडौं,१ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने हुनु भएको छ ।भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।भ्रमणका क्रममा बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डल बीच औपचारिक छलफल हुनेछ ।भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने
दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको









