नेपाली फुटबल माथिको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं,५ मंसिर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबल माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताँउनु भएको छ ।थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किनुभएको उहाँले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनु भयो ।

 

मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन्। निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,’ उहाँले भन्नु भयो ।एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको पनि उहाँले बताँउनु भएको छ ।

 

‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ,’ पोखरेलले भन्नु भयो ।उहाँका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई थर्ड पार्टी इन्टरफेरेन्सु का रूपमा बुझेको थियो। तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उहाँले बताँउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बंगलादेश फर्किए वा कूटनीतिक नियोग पुगे हसिना पक्राउ पर्ने

काठमाडौं,९ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने हुनु भएको छ । बंगलादेशकी विदेश मामिलासम्बन्धी

लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

काठमाडौं ,९ मंसिर। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने

दमकमा महिलाको बाहुल्यता देखिएको यो र्याली के हो? र किन आयोजना गरियो?

दमक,९ मंसिर । दमक नगरपालिकाबाट बिहान ८ बजे आ(आफ्नो व्यानर तेर्साएर विभिन्न महिलाका समुहहरु अघि बढी रहेका छन ।मुख्य आयोजक दमक नगरपालिका रहेको छ भने

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको