दमक/
भानुभक्त आचार्यका जीवनयात्राका विविध आयाम छन् । उहाँको जागिरे जीवन त्यसैको एउटा आयाम हो । यहाँ यसको उल्लेख गर्नुको प्रमुख कारण उनको प्रसिद्ध रामायणको नेपाली अनुवादकथा यही जागिरे जीवनसँग जोडिएकाले हो । उहाँले ३७ वर्षको उमेर पुग्दा सरकारी जागिर प्रारम्भ गरेका थिए । जम्मा दुई वर्ष जति जागिर गरेपछि उहाँ त्यहाँबाट निकालिनु भयो । उहाँलाई सरकारी रकम हिनामिना गरेको अभियोगमा कुमारी चोकमा थुनियो । उहाँ पाँच महिना जेल पनि बस्नु भयो । उहाँको जेल जीवन र त्यसले ल्याएको परिवर्तननै नेपाली साहित्यमा उहाँले पुर्याएको योगदानको महत्वपूण पाटो हो ।
अहिले हामीले नेपाली भाषामा फरर पढ्ने गरेको रामयण आदिकवि भानुभक्त आचार्यले अनुवाद गर्नु भएको हो भन्ने सबैलाई थाह छ । तर यो त्यो अनुवाद उहाँले जेलमा बसेर गर्नु भएको हो भन्ने कुरा चाहि निकै कामलाई मात्रै थाह हुन सक्छ । यसो भनीरहदा उहाँ जेल पनि पर्नु भयो भन्ने कुरा समेत कतिकालागि अचम्म लाग्न सक्छ । तर उहाँले आफ्नो जागिरे जीवनमा जेल जीवन पनि बिताउनु पर्यो । जेल जीवन कस्कालागि पो राम्रो हुन्छ र ।
तर आदिकवि आचार्यकालागि भने जेलमा बसेका ५ महिनाको अवधि अध्ययन गर्ने र चिन्तन गर्ने एक सुवण मौका मिलेको आदिकवि भानुभक्त आचार्यको जीवनीको अध्ययन गरिरहनु भएका मोरङ बिराटनगरका प्राध्यापक गंगाधर कट्टेल बताउनु हुन्छ । अझ उहाँको दावि छ भानुभक्त आफ्नो गल्तीबाट नभएर बाबुले गरेको गलत कामका कारण जेल बस्नु पर्यो ।
कट्टेलले दावि गरेको जस्तो भानुभक्त आचार्यले आफ्नै गल्तीका कारण नभएर उहाँका बुबा धनन्जय आचार्यका कारण उहाँ जेल बस्नु पर्यो ।
जेल जीवन हुन त कस्को पो सुखद हुन्छ र । तर पनि भानुभक्त जेलमा बस्दा जेलको अवस्थाको बारेमा बणर्न गरिएको अर्थात जेल सुधार गर्नु पर्ने कुरालाई उहाँले रचना मार्फत नै उठान गर्नु भएको पनि प्राध्यापक कट्टेलले सुनाउनु भयो । जेलमा बसुन्जेल त्यहाँ भित्रका हरेक आयाम तथा परिवर्तन, अभाव र व्यवहारलाई उहाँले रचनामा उतादै परिवर्तनकालागि पहल गरिरहेको स्मरण उहाँको छ ।
जेल बस्दा भानुभक्तले संस्कृतमा वाल्मीकिले लेखेको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु भयो । जेलमा छँदा उहाँले चार महिनाभित्र रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्ड गरी चार काण्डको नेपाली भाषामा अनुवाद पनि गर्नु भयो । यी फेहरिस्ताका बारेमा कुरा गरिरँहदा यदी आदिकवि आचार्य जेल बस्नु भएको थिएन भने यी सबै काम गर्ने समय वा फुर्सद उहाँसग हुन्थ्यो होला त ? के आफ्नो व्यस्त समयका वावजुत पनि उहाँले यो काम गर्न सक्नु हुन्थ्यो होला त भन्ने पनि प्रश्न आउन सक्छ ।
तर यो विषयमा प्राध्यापक कट्टेलको फरक मत छ । उहाँ भन्नु हुन्छ ‘ भानुभक्तका बुवा धनञ्जय पढेलेखेका मानिस हुनुहुन्थ्यो । उहाँका बाजे श्रीकृष्ण संस्कृतका धुरन्धर विद्वान । भानुभक्तले बाजे श्रीकृष्णसँग चुँदी रम्घामै दुर्गा कबज, शप्तशती, रुद्री, वेद, मुहूर्त मार्तण्ड, अमर कोश, रघुवंश, स्तोत्र, मध्य कौमुदीजस्ता संस्कृत भाषाका रचना पढिसकेका थिए । पछि चौध वर्षको उमेरमा बाजेसँग काशी जानुभएका भानुभक्तले पाठशालामै गएर दर्शनशास्त्र आदि विषय अध्ययन गरिसक्नु भएका कारण पनि उहाँले सस्कृतमा लेखिएको रामायणलाई नेपालीमा बनाउन सक्नु हुने थियो ।
इस्वीको तीन सयदेखि चार सय वर्षअघि संस्कृत भाषामा लेखिएको मानिएको वाल्मीकि रामायण विश्वको पहिलो रामायण हो । यो महाकाव्य रामको जीवनीबारे लेखिएको प्रथम साहित्यिक कृति पनि हो । यसै कारण यस कृतिलाई आदिकाव्य तथा वाल्मीकिलाई आदिकवि भन्ने गरिएको छ ।









