सन्दर्भ २०९ र्औ भनुभक्त जयन्ती

आदिकवि भानुभक्त आचार्यको जेल जीवन : जेल नपरेको भए रामायण नेपालीमा अनुवाद हुन्थ्यो ?

दमक/
भानुभक्त आचार्यका जीवनयात्राका विविध आयाम छन् । उहाँको जागिरे जीवन त्यसैको एउटा आयाम हो । यहाँ यसको उल्लेख गर्नुको प्रमुख कारण उनको प्रसिद्ध रामायणको नेपाली अनुवादकथा यही जागिरे जीवनसँग जोडिएकाले हो । उहाँले ३७ वर्षको उमेर पुग्दा सरकारी जागिर प्रारम्भ गरेका थिए । जम्मा दुई वर्ष जति जागिर गरेपछि उहाँ त्यहाँबाट निकालिनु भयो । उहाँलाई सरकारी रकम हिनामिना गरेको अभियोगमा कुमारी चोकमा थुनियो । उहाँ पाँच महिना जेल पनि बस्नु भयो । उहाँको जेल जीवन र त्यसले ल्याएको परिवर्तननै नेपाली साहित्यमा उहाँले पुर्याएको योगदानको महत्वपूण पाटो हो ।

अहिले हामीले नेपाली भाषामा फरर पढ्ने गरेको रामयण आदिकवि भानुभक्त आचार्यले अनुवाद गर्नु भएको हो भन्ने सबैलाई थाह छ । तर यो त्यो अनुवाद उहाँले जेलमा बसेर गर्नु भएको हो भन्ने कुरा चाहि निकै कामलाई मात्रै थाह हुन सक्छ । यसो भनीरहदा उहाँ जेल पनि पर्नु भयो भन्ने कुरा समेत कतिकालागि अचम्म लाग्न सक्छ । तर उहाँले आफ्नो जागिरे जीवनमा जेल जीवन पनि बिताउनु पर्यो । जेल जीवन कस्कालागि पो राम्रो हुन्छ र ।

तर आदिकवि आचार्यकालागि भने जेलमा बसेका ५ महिनाको अवधि अध्ययन गर्ने र चिन्तन गर्ने एक सुवण मौका मिलेको आदिकवि भानुभक्त आचार्यको जीवनीको अध्ययन गरिरहनु भएका मोरङ बिराटनगरका प्राध्यापक गंगाधर कट्टेल बताउनु हुन्छ । अझ उहाँको दावि छ भानुभक्त आफ्नो गल्तीबाट नभएर बाबुले गरेको गलत कामका कारण जेल बस्नु पर्यो ।

कट्टेलले दावि गरेको जस्तो भानुभक्त आचार्यले आफ्नै गल्तीका कारण नभएर उहाँका बुबा धनन्जय आचार्यका कारण उहाँ जेल बस्नु पर्यो ।
जेल जीवन हुन त कस्को पो सुखद हुन्छ र । तर पनि भानुभक्त जेलमा बस्दा जेलको अवस्थाको बारेमा बणर्न गरिएको अर्थात जेल सुधार गर्नु पर्ने कुरालाई उहाँले रचना मार्फत नै उठान गर्नु भएको पनि प्राध्यापक कट्टेलले सुनाउनु भयो । जेलमा बसुन्जेल त्यहाँ भित्रका हरेक आयाम तथा परिवर्तन, अभाव र व्यवहारलाई उहाँले रचनामा उतादै परिवर्तनकालागि पहल गरिरहेको स्मरण उहाँको छ ।

जेल बस्दा भानुभक्तले संस्कृतमा वाल्मीकिले लेखेको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु भयो । जेलमा छँदा उहाँले चार महिनाभित्र रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्ड गरी चार काण्डको नेपाली भाषामा अनुवाद पनि गर्नु भयो । यी फेहरिस्ताका बारेमा कुरा गरिरँहदा यदी आदिकवि आचार्य जेल बस्नु भएको थिएन भने यी सबै काम गर्ने समय वा फुर्सद उहाँसग हुन्थ्यो होला त ? के आफ्नो व्यस्त समयका वावजुत पनि उहाँले यो काम गर्न सक्नु हुन्थ्यो होला त भन्ने पनि प्रश्न आउन सक्छ ।

तर यो विषयमा प्राध्यापक कट्टेलको फरक मत छ । उहाँ भन्नु हुन्छ ‘ भानुभक्तका बुवा धनञ्जय पढेलेखेका मानिस हुनुहुन्थ्यो । उहाँका बाजे श्रीकृष्ण संस्कृतका धुरन्धर विद्वान । भानुभक्तले बाजे श्रीकृष्णसँग चुँदी रम्घामै दुर्गा कबज, शप्तशती, रुद्री, वेद, मुहूर्त मार्तण्ड, अमर कोश, रघुवंश, स्तोत्र, मध्य कौमुदीजस्ता संस्कृत भाषाका रचना पढिसकेका थिए । पछि चौध वर्षको उमेरमा बाजेसँग काशी जानुभएका भानुभक्तले पाठशालामै गएर दर्शनशास्त्र आदि विषय अध्ययन गरिसक्नु भएका कारण पनि उहाँले सस्कृतमा लेखिएको रामायणलाई नेपालीमा बनाउन सक्नु हुने थियो ।

इस्वीको तीन सयदेखि चार सय वर्षअघि संस्कृत भाषामा लेखिएको मानिएको वाल्मीकि रामायण विश्वको पहिलो रामायण हो । यो महाकाव्य रामको जीवनीबारे लेखिएको प्रथम साहित्यिक कृति पनि हो । यसै कारण यस कृतिलाई आदिकाव्य तथा वाल्मीकिलाई आदिकवि भन्ने गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल