चलचित्रको ‘प्रोमोसन’ यात्रा

‘तिम्रो मेरो साथ’ को कलाकार टिम दमकमा , भन्छन् ‘चलचित्रले ब्रेक-अप भएको सम्बन्ध सुधार गराउने छ ।’ (भिडियो सहित)

दमक/
नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो साथ’को निर्माता र कलाकारको टिम झापाको दमकमा आएको छ । यो टिम चलचित्रको बारेमा जानकारी गराउन र हेर्न अनुरोध गर्दै मोफलर ‘टुर अन्तर्गत दमक आएको हो ।

शुक्रबार दमक स्थित डि म्याक्स हलमा आएर यहाँ रहेका सञ्चारकर्मीसँग कुराकानी गर्दै चलचित्रको बारेमा जानकारी गराइएको थियो ।
चलचित्रका निर्माता तथा निर्देशक रमेश एम के पौडेलले चलचित्रको कथा बस्तु अहिलेको पारिवारिक तथा ‘लभ एट्र्याक्सन’मा केन्द्रित रहेको बताउनु भयो । ‘जीन्दगी जिउँनकालागि एक अर्काको साथको महत्व कति सम्मको हुन्छ भन्ने कुरा देखाउने प्रयास गरेका छौ ।’ रमेश भन्नु हुन्छ ‘ फिल्म हेरेर बाहिर निस्केपछि यदी तपाईको कोहिसँग कुनै पलमा बिछोड भएको थियो भने पक्कै कल गरेर सम्झनु हुने छ ।’

कलाकार सन्दिप क्षेत्रीले चलचित्र एक पूणर् मनोरञ्जनात्मक रहेको बताउनु भयो । अन्यमा भन्दा यो चलचित्रमा आफुलाई फरक भूमिका देख्न पाउँने भन्दै सन्दिप भन्नु हुन्छ ‘ पढेर डाक्टर बन्न सकेको थिइन तर तिम्रो मेरो साथमा एक डाक्टर बनेर तपाई माझ आएको छु ।’

यो चलचित्र ३१ दिनमा छायंकन भइकसेको थीयो । कोरोनाको समयमा छायंकन भएको यो चलचित्रमा काम गर्न पाउँदा आफुहरुकालागि एक अवसर पनि मिलेको चलचित्रकी नायीका सम्राज्ञी आर एल शाहले बताउनु भयो ।‘त्यो बेला हामी कलाकारका लागि एक राहतको प्याकेज बनेर चलचित्र तिम्रो मेरो साथ आयो ।’ सम्राज्ञी भन्नु हुन्छ त्यसबेलाको चुनौती र अहिले चलचित्र तयार भएपछि प्रर्दशनको तयारी सम्मको अवधि हाम्रो लागी एक संघर्षको यात्रा बन्यो । अव पुष २९ गते हाम्रो कलाले कस्तो पुरस्कार पाउँछ त्यो भने हेर्नै बाँकी छ ।’ चलचित्रमा आफुहरुले निकै मिहनत गरेको र दिनमा दुई तीन घण्टा मात्रै आराम गरेर बाँकी समय छायंकन गरेको पल सम्झदा दर्शकले आफुहरुलाई माया गर्ने सम्राज्ञीको अपेक्षा छ ।

यस चलचित्रका नायक पुष्प खड्का यो चलचित्रमा एक बिजनेश मेनको रुपमा देखिनुहुने छ । ‘ मनोरन्जनको एक प्याकेज लिएर हामी आएका छौ , चलचित्र हेरेर माया गरिदिनुहोला ’ पुष्पले अनुरोध गर्नु भयो ।

यो चलचित्र यहि पुष २९ गतेबाट देशभरबाट एकै साथ प्रदर्शन हुँदै छ ।यती मात्र नभएर चलचित्रले विदेशका सिनेमा घरमा पनि आफ्नो स्थान पाएको छ । विभिन्न देशमा गरि ७० वटा सिनेमा हलमा पनि पुष २९ गते नै प्रर्दशन हुदै छ । साथै अन्य ११ देशबाट पनि चलचित्र प्रर्दशन गर्ने माग आइसकेको निर्देशक रमेशले जानकारी दिनुभयो । यो चलचित्र २ करोड रुपैँयाको लगानीमा निर्माण भएको हो ।

चलचित्र कस्तो छ र किन हेर्ने भन्नेबारेमा निर्माता तथा कलाकारले गरेको अनरोधको भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल