झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका लागि सम्पर्क गरिएको र झापाका प्रमुख जिल्ला अधिकारीसंग केहीबेरपछि छलफल हुन लागेको हो । बिरोध प्रदर्शन गर्ने टोली दिउँसो १ बजे इलाका प्रहरी कार्यालय झिलझिले अगाडि आएर बसेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसंग दिउँसो २ बजे इलाका प्रहरी कार्यालय झिलझिलेमा वार्ता गर्न ७ सदस्यीय वार्ता समिति तयार भएको छ । समितिमा सन्तोष मेन्याङबो (अग्रज व्यक्तित्व ) ,गोपाल श्रेष्ठ (समितिको नेतृत्वकर्ता) , बहादुर आङ्बो ( वडाअध्यक्ष शिवसताक्षी न.पा.११) ,अच्युत खरेल (संघर्ष समिति संयोजक) ,सागर राई (संघर्ष समिति सदस्य) ,गणेश भेटुवाल (संघर्ष समिति सदस्य) र नरबिर फागो(संघर्ष समिति सहसंयोजक) रहनु भएको छ।










