प्राविधिक शिक्षामा जोड

दमकमा बहुप्राविधिक शिक्षालय खुल्दै , चार विषय पढाई हुने, पूर्व प्रधानमन्त्री ओली सिलान्यास गर्न आउँदै

दमक/
झापाको दमकमा चार वटा प्राविधिक विषयमा पढाइ गर्न नयाँ प्रशिक्षण केन्द्र खुल्ने भएको छ । दमक बहुप्राविधिक शिक्षालय स्थापना गरेर यहाँबाट प्रत्येक तीन वर्षमा १ सय ९२ जना नयाँ प्राविधिक उत्पादन गरिदैछ ।

पछिल्लो समय प्राविधिक शिक्षामा सबैको चासो र आकर्षण समेत बढ्न थालेपछि दमकमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद अर्थात सिटिइभिटी अन्तर्गतको शिक्षालय खुल्न लागेको हो ।

दमककालागि चार वटा विषय अध्यापन गराउँन स्विकृत भइसकेको शिक्षालयका प्राचार्य ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

‘सिभिल इन्जिनियर, अटो मोवाईल, रेफ्रि जेरेसन एण्ड इयर कण्डिसन र मेकानिकल विषय पढाउँन सिटिइभिटि सानोठिमीबाट स्विकृत भइसकेको छ । ’ प्राचार्य ठाकुरले उज्यालो खवरसँगको कुराकानीमा जानकारी दिनुभयो ।

यहाँबाट दमक सहित यस क्षेत्रमा आवश्यक पर्ने केहि प्राविधिक जनशक्तिको अभावलाई टार्ने अपेक्षा गरिएको छ ।

सिलान्यास गर्न पूर्व प्रधानमन्त्री आउनुहुदै

यो बहुप्राविधिक शिक्षालय सिलान्यास आगामी सुक्रबार अर्थात माघ २० गते हुँदै छ । दमक ४ स्थित अर्नाखाडीमा बन्ने यो शिक्षालयको सिलान्यास गर्न पूर्व प्रधानमन्त्री केपि शर्मा ओली आउँदै हुनुहुन्छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका ओली भोली बिहिबारदेखि बिराटनगरमा सुरु हुने कोशी एक्स्पोको उद्धघाटनमा आउँदै हुनुहुन्छ ।

भोली बेलुका उहाँ दमकमानै आएर बस्ने र पर्सी अर्थात सुक्रबार सिटिइभिटीको सिलान्यास गरेर काठमाडौ फर्कने कार्यसुचि रहेको यही क्षेत्रका प्रदेश सभा सदस्य होम बहादुर थापाले जानकारी दिनुभयो ।

ओली यो क्षेत्र अर्थात झापा पाँचको निर्वाचित प्रतिनिधिसभाको सदस्य समेत हुनुुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु