संगठनमा नेतृत्व हस्तान्तरण

प्रेस यूनियन माई पश्चिमको अध्यक्षमा पौडेल , उपाध्यक्षमा न्यौपाने

 

दमक/
नेपाली काग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यूनियन माई पश्चिम क्षेत्रीय कमिटीले नयाँ नेतृत्व पाएको छ । लामो समय देखी दमकका विष्णु सुब्बाले यसको नेतृत्व गर्दै आउनु भएको थियो । अव भने नयाँ नेतृत्व चयन गरिएको छ ।

नव गठीत कमिटीको अध्यक्षमा विष्णु पौडेल, उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने निर्वाचित हुनु भयो । यसैगरि समितिका सदस्यहरुमा युवराज रेग्मी, दिलकुमारी राई, प्रकाश चम्लागाई र देव तिम्सीना चुनिनु भएको छ ।

आज इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले निवर्तमान अध्यक्ष विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ ।

सल्लाहकार समितिको सदस्यहरुमा गिरीराज भट्टराई, शेसेहाङ फियाक, बेणुप्रसाद अधिकारी र आत्मराम राजवंशी चुनिनु भएको छ । यूनियनको नेतृत्व चयन गर्न अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

बनभोजसहितको अधिबेशनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, यूनियनकी केन्द्रीय सचिव रोजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, कांग्रेस प्रदेश १ सदस्य भूमिराज राई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, प्रेस सेन्टरका प्रदेश सचिव चिरन्जीवि घिमीरे लगायतले बोल्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल