शिक्षा सुधारमा लगानी

विपन्न लक्षीत शिक्षा कार्यक्रम, ‘ट्यूसन’ पढ्न नसक्नेलाई वडा सरकारद्धारा प्रबन्ध

 

दमक/
झापाको दमक नगरपालिका वडा नं ९ को उराउ वस्ति । यहाँका अधिकांश बासिन्दा स्थानिय चिया बगानमा काम गर्छन । घरमा काम गर्न सक्ने भएपछि प्रायले रोजगारकालागि बगानलाईनै आफ्नो कर्मथलो बनाउने गरेका छन् ।

सरकारले माद्यमिक तह सम्म निशुल्क शिक्षा भनेको छ । तर यसको सहि कार्यान्वायन यहाँ पनि भएको छैन ।

यहाँका बालबालिका यहाँ रहेका दुईवटा विद्यालयमा पढ्ने गर्छन । एउटा हो महालक्ष्मी आधारभूत विद्यालय । अर्को चाहि पाणीनी माद्यमिक विद्यालय । दुवै सामुदायीक विद्यालय हुन । सरकारले घोषणा गरेको निशुल्क शिक्षा दिने विद्यालय यीनै हुन ।

निशुल्कका नाममा काम चलाउँ शिक्षा मात्रै दिइरहेको सामुदायीक विद्यालयहरुले आरोप खेपिरहेका छन् । किनकी विद्यार्थीलाई अतिरिक्त कक्षा दिएर कमजोर विषयमा अब्बल बनाउन विद्यालयले बजेट नभएर नगरेको भन्छन ।

यता अधिकांश मजदुरी गर्नेका छोराछोरी अतिरिक्त शुल्क तिरेर आफ्ना छोराछोरीलाई पढाउन सकिरहेका छैनन् । यसरी खर्च अभावकै कारण विद्यार्थीहरुले राम्रोसँग सिक्न पाइरहेका छैनन् ।

यो समस्यालाई मद्यनजर गरेर यहाँको वडा सरकार अर्थात वडा नं ९ ले विप्पन्न लक्षित कार्यक्रम मार्फत अतिरिक्त कक्षा पढ्ने प्रबन्ध गरिदिएको छ ।

यसबाट मजदुरी गरेर आफ्ना छोराछारी पढाइरहेका परिवारलाई सहज भएको छ । बालबालिकाहरुपनि निशुल्क अतिरिक्त कक्षा लिन पाउँदा दंङ्ग छन् ।

दिप ज्योती उराउ बस्तिको एक भवनमा यहाँका बालबािलका बिहान साढे ६ बजेनै भेला भइसक्छन् । कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाइन्छ ।

विद्यालयका हरेक विषय बस्तुहरुलाई यहाँ छुट्टा छुट्टै पढाइन्छ । कक्षा अनुसारको समुह बनाइन्छ । एउटा कुनामा एउटा कक्षाका विद्यार्थीहरुलाई पढ्ने कक्षकार्य दिइन्छ । त्यसपछि अर्कोे कुनाका विद्यार्थीहरुलाई पढाइन्छ । केहि चुनौती छन् । भएका चुनौतीलाई एउटा अवसरको रुपमा लिदै यहि समुदायका केहि सहजकर्ताहरुले पढाउने गरेका छन् ।

यो वडाको मुख्यगरि मजदुरहरु बस्ने गाउँ हो उराउ बस्ति । बिहानै उठेर काममा जाने र साँझमा घर फर्कने यहाँका बासिन्दाको दैनिकी नै हो । जसले गर्दा बालबालिकाले राम्रोसँग पढ्न पाइरहेका छैनन ।

अभिभावकहरुले कमाएर ल्याएको पैसाले पनि घर व्यहार चलाउँदै सकिन्छ ।
राम्रो शिक्षा प्रदान गर्न समस्या झेलीरहेको यो समुदायको समस्या वडा सरकारले महसुुस गर्यो । निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई अभिभावकहरुले थप पैसा तिरेर अतिरिक्त कक्षा पनि पढाउने गर्छन ।

तर पैसा तिर्नै नसकेर यहाँका बालबालिकाहरुले पढ्न नपाएको थाह पाएपछि यो समुदायका बालबालिकाको शिक्षामा गुणस्तर ल्याउँन वडाले बजेटको प्रबन्धनै गरिदिएर काम सुरु गरेको वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराई बताउनु हुन्छ । ‘शिक्षाको गुणस्तर बृद्धि गर्ने एउटा सानो प्रयास हो । यस्ता कामलाई हामी निरन्तर्ता दिदै अघी बढ्छौ ।’ वडाध्यक्ष भट्टराईले उज्यालो खवरसँगको संवादका क्रममा बताउनु भयो ।

जम्मा ७५ हजार रुपैँया मात्रै बजेट मार्फत वडाले विप्पन्नका बालबालिकाहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ ।
यसबाट कक्षा १ देखी ६ सम्मका ४३ जना र कक्षा ७ देखी १० सम्मका ३० जना बालबालिकाहरुले पढ्न पाएका छन् ।

भिडियो रिपोर्ट हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग