शिक्षामा सुधारको संकेत

सुध्रदै सामुदायीक विद्यालय, विप्पन्न विद्यार्थीमा लगानी बढाउँन सुझाव (दुई भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक ५ मा रहेको दिपीनि आधारभूत विद्यालय । कुनै बेला धुलै धुलामा बसेर पढ्न बाध्य विद्यार्थीहरुकालागि अहिले भने भव्य भवन बनेको छ । चारैतीर कम्पाउण्ड वाल र सुरक्षीत प्रवेशद्धार बनाइएकोले अनावश्यक व्यक्तिहरुको प्रवेशमा रोक भएको छ ।

यहाँ वडा सरकार आउनु यो विद्यालयमा साँझको समयमा लागु पदार्थ सेवन गर्नेहरुको अखडानै हुने गरेको थियो । तर अहिले यी सबै काम रोकिएको । विद्यालयमा निकै सुधार भएको छ । नयाँ भवनहरु बनेका छन् ।

पक्की दुई तले भवन बनेको छ । खानेपानीकालागि विद्यालय हाता भित्र ठाउँ ठाउँमा धाराहरुको प्रबन्ध गरिएको छ । सुन्दर बगैचा निर्माण भइरहेको छ । रुखका फेदमा बस्नकालागी पक्की फलैचा बनेका छन् ।

कार्यक्रम गर्न कुनै मञ्च नभएको यो विद्यालयमा अहिले आँगनको उत्तर तर्फको भागमा मञ्च पनि खडा गरिएको छ ।
कक्षाकोठाहरुमा पर्याप्त ब्रेञ्चहरु छन् । पंखा झुण्डाइएको छ । गर्मीका कारण अव पसिना पुछ्दै बस्नु पर्दैन ।

बाल कक्षालाई सुधार गरिएको छ । दुईवटा बाल कक्षा रहेका छन् । दुवैमा विभिन्न प्रकारका शैक्षिक सामाग्रीहरु उपलब्ध भएका छन् । विद्यार्थीहरु त्यहि सामाग्रीमा खेल्दै सिक्दै गर्छन । यती मात्र नभएर बाल कक्षाका विद्यार्थीहरुलागि खेल्ने सामाग्रीहरुको पनि प्रबन्ध गरिएको छ । विद्यार्थीहरुलाई बेला बेलामा यी सामाग्री मा खेलाइन्छ । साथी साथी मिल्दै , कुराकानी गर्दै खेल्ने बानिको विकासले बालबालिकाको वाक कला बृद्धि हुने र सामाजिकीकरण हुनमा मद्यत पुग्ने विस्वास गरिएको छ ।

वडाको एक मात्रै सामुदायीक विद्यालयको सुधारकालागि वडा सरकार विद्यालय अगाडीनै आएर बसेपछि केहि सुधारका कामहरु भएका हुन । यसको भिडियो यहाँ राखीएको छ

साथै यहाँको शैक्षि सुधार र अभिभावकका गुनासाहरुलाई समेटेर तयार पारिएको जनतासँग जनप्रतिनिधी कार्यक्रमको भिडियो लिङक यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग