दमकमा एकैदिन ६ वटा विधाका पुरस्कार घोषणा, दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा गोविन्दराज भट्टराईलाइ

 

दमक/
दमक प्रज्ञा प्रतिष्ठानले ६ वटा पुरस्कारको घोषणा गरेको छ । फरक फरक विधामा योगदान पुर्याएको भन्दै प्रतिष्ठानले पुरस्कारको घोषणा गरेको हो ।

लक्ष्मी प्रसाद देवकोटाको १ सय १३ औ जन्म जयन्तीको अवसर पारेर ती पुरस्कारहरुको घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारीदिनुभयो ।

घोषित पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा गोविन्दराज भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । यो पुरस्कारको राशी नगद ५१ हजार रुपैँया रहेको छ ।

यस्तै दमक प्रज्ञा सस्कृति पुरस्कार डा. सोमबहादुर धिमालले पाउने हुनु भएको छ । यो पुरस्कारको राशी नगद २१ हजार रुपैँया रहेको छ । दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई प्रदान गरिने भइएको छ । यसको पुरस्कार राशी २१ हजारकै रहेको छ ।

यस्तै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई प्रदान गरिने प्रतिष्ठानले घोषणा गरेको छ । यो पुरस्कारको राशीपनि २१ हजार नगद नै रहेको छ । यस्तै दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिने भइएको छ । जसको राशी पनि २१ हजार रुपैँया नै रहेको छ र दमक प्रज्ञा बाल साहित्य पुरस्कारमा सेलिया श्रेष्ठलाई प्रदान गर्ने घोषणा भएको छ । यसको राशी नगद १५ हजार रुपैँया रहेको छ ।

घोषित पुरस्कार दमक प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात मंसिर २५ गते प्रदान गरिने जनाइएको छ ।
पुरस्कार घोषणा कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ का प्रदेश सभा सदस्य अर्जुन राई रहनु भएको थियो भने विशिष्ट अतिथीमा दमक नगरपालिकाका प्रमुख रोमना ओली, प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना लगायत रहनु भएको थियो । कार्यक्रममा साहित्य क्षेत्रका सर्जकहरुको उपस्थित रहेको थियो ।

मिश्र बैजन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र बाल सिर्जनाका बारेमा प्रकाश पानु भएको थियो भने झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले देवकोटाको बारेमा सामान्य जानकारी गराउनु भएको थियो । बाल कलाकार रियाज रिजालले देवकोटाको कविता बाचन गर्नु भएको थियो । कार्यक्रम दमक स्थित पशुपति मन्दिरको सभाहलमा सम्पन्न भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल