यूवा महोत्सव हुदै

दमकमा राष्ट्रिय यूवा महोत्सव हुँदै , यूवालाई रोजगार दिने सम्मका कुरा (भिडियोमा हेरौ)

 

दमक/
लामो प्रयास पछि दमकका राष्ट्रिय यूवा महोत्सव हुने भएको छ । यूवास्त्रले आयोजना गर्ने सो महोत्सव यहि बैशाख २७ गते देखि २९ गते सम्म दमक स्थित पशुहाटको खुल्ला स्थानमा हुने भएको छ ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी र यसको आकर्षकको बारेमा जानकारी दिएको हो ।
यूवास्त्रका अध्यक्ष प्रवेश बास्ताकोटिका अनुसार महोत्सवको उद्धघाटन पूर्व प्रधानमन्त्री तथा झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य केपि शर्मा ओलीले गर्नुृ हुने निश्चित भएको छ ।

खासखगरि यूवाहरुलाई उद्यममा जोडेर नेपालमै कसरी यूवाशक्तिको परिचालन गर्न सकिन्छ भन्ने कुरा देखाउन यो महोत्सव आयोजना गरिएको बास्ताकोटिले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

राजनैतिक, सामाजीक, यूवा उद्यम, खेलकुद तथा साहित्यसँगै मनोरञ्जनको क्षेत्रमा यूवाहरुको उपस्थिती र ती क्षेत्रमा लाग्दा बन्न सक्ने भविष्यका बारेमा महोत्सवभर चर्चा जनाइएको छ ।

यसकालागि बहस गर्न यूवा नेताहरु विस्वप्रकाश शर्मा, योगेश भट्टराई, रबिन्द्र मिश्रको उपस्थिती रहने निश्चित भएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

साथै कलाकारिताको क्षेत्रमा मनोज गजुरेल र शिव परियार आउने निश्चित भइसकेको छ ।
हरेक दिनको साझँ साङ्गीतिक कार्यक्रम समेत हुने भएकोले त्यसकालागि २० रुपैँया मात्रै प्रवेश शुल्क तोकिएको छ ।

महोत्सव गर्न कुल ३५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ भने यसकालागि २५ लाख रुपैँयाको श्रोत सुनिश्चित भइसकेको र बाँकी १० लाख रुपैँया महोत्सव आयोजना भएकै बेलामा टिकट तथा अन्य गतिविधिबाट संकलन हुने अपेक्षा गरिएको छ ।

महोत्सव करिव ५० हजारजनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु