जारी फिल्मका कलाकार दमकमा

अझै चलिरहेछ ‘जारी’, दमकको डि-म्याक्समा कलाकार नै आएपछि बन्यो अर्को माहोल(भिडियोमा हेरौ)

 

दमक/
नयाँ वर्ष अर्थात बैशाख १ गते देखी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जारी’ले अझै ‘मार्केट’ पिटिरहेको छ ।
निरन्तर २६ गते सम्म सबै शो हाउसफूल भइरहेको यो चलचित्रका कलाकार दमकको डि-म्याक्स हलमा आएपछि दर्शकहरुमा थप अकर्षक बन्यो ।

चलचित्रमा देखिरहेका कलाकार आफ्नै आँखा अगाडी देखिदा कुन दर्शकको मन खुसी नहोला । अझ देख्ने मात्रै होईन कालाकार सँग पोच मिलाई मिलाई दर्शकहरुले सेल्फि फोटो खिच्न पाए । कतिपयले त टिक टिक भिडियो नै बनाउने अवसर पाउनु भयो ।
डि म्याक्सले कालाकारहरु मेरुना मगर र बिजय बराल, निर्माता मणिराम पोखरेल अनी निर्देशक उपेन्द्र सुब्बालाई स्वागत सहित सम्मान कार्यक्रम गरेको थियो ।

साथै चलचित्रका सह निर्देशक सिजन दाहाल सहित अन्य कालाकार तथा चलचित्र निर्माण समुहका सदस्यहलाई बुके दिदै खादा लगाएर स्वागत गरिएको थियो ।

डि म्याक्स सञ्चालक रेवत बस्नेत र व्यवस्थापक बुद्धि पाण्डे सहितको टिमले जारी चलचित्रका कालाकार र निर्माता टिमलाई स्वागत गर्नु भएको हो ।

टिकट घरको अगाडी आयोजना गरिएको संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक सुब्बाले जारी फिल्मलाई रुचाइदिनु भएकोमा धन्यवाद भन्दै खुसी व्यक्त गर्नु भयो ।

 

पहिला पहिला दमकमा नेपाली फिल्म निकै रुचाइने गरिएपनि पछिल्लो समय चलचित्र केहि दिन प्रर्दशन हुँदानै हल खाली हुने गरेको प्रति दुख व्यक्त गर्दै सुब्बाले भन्नु भयो ‘तर जारी मन पराइदिनु भयो यसले हामीलाई थप हौसाला बढाइको छ । ’

उहाँको सम्बोधन पछि सम्पन्न भएको औपचारिक कार्यक्रम लगत्तै यो टिम टिकट काटेर हल भित्रै छिरेका दर्शक भेट्न गए ।

डि म्याक्सको पहिलोे हलमा फिल्म हेर्न बसेका दर्शकलाई निर्देशक सुब्बा सहित नायीका गुरुङ र अर्का कालाकार बरालले सम्बोधन गर्नु भयो । भने निर्माता पोखरेलले दमकबासीको माया अपराम्पार रहेको प्रतिकृया दिनु भएको थियो ।

हलभित्रैबाट दर्र्शकलाई सम्बोधन गर्दै नायीका मगरले भन्नु भयो ‘तपाईहरुको यो माया सँधै पाइरहौ, जारीलाई अझै माया गरिदिनुहोस ।’

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग