सत्केरी स्याहारमा चुनौती

दमकमा विपन्न सुत्केरीको बिजोग, पौष्टिक खाना खानै मुस्किल, शरिर थप कमजोर भएपछि नगरपालिकाद्धारा पौष्टिक खाना वितरण ।

दमक/
महिलालाई विशेषगरी पहिलो बच्चा प्राप्तिपछि सुरुवाती क्षणमा प्रत्येक दिनको व्यस्थापन निकै चुनौतीपूणर् हुन्छ । बच्चाको स्याहारमा सम्पूणर् ध्यान दिनुपर्ने हुन्छ भने आमाले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने हुन्छ । सुत्केरी अवस्थाबाट छिटो रिकभर हुने एउटा मात्र उपाय भनेको स्वस्थ र पोसिलो खाना हो ।

यो समयमा महिलाको टिस्यु ड्यामेज हुने भएकाले टिस्यु रिकभरीका लागि पनि पौष्टिक आहार जरुरी हुन्छ । आमाको दूध बच्चाले खाइरहने हुनाले झोलिलो खानेकुरा पनि खानुपर्छ । तर यो कुरा गरिव तथा असहाय परिवारमा भने पुग्नै गाह्रो छ । यहि कुरालाई मध्यनजर गरेर झापा स्थ्ति दमक नगरपालिकाले सुत्केरी पोषण खाना वितरण गरेको छ

झापाको दमक नगरपालिका वडा नं ३ का दिल बहादु्र मगर पेषाले त्यहि रहेको एउटा समुदायीक वनमा सुरक्षा गार्डको काम गर्नु हुन्छ । मासीक ११ हजार उहाँको कमाई हो । यो कमाईनै उहाँको ५ जना परिवार पाल्ने प्रमुख आम्दानीको श्रोत । करिव २१ दिन अघि उहाँकी श्रमती दुर्गा देवि मगर सुत्केरी हुनुभयो । सुत्केरी गराउँदा पनि दमकमा रहेका अस्पतालमा नभएपछि विराटनगर लैजान पर्योे । सिमित आय श्रोत हुनु भएका दिल बहादुरलाई श्रीमती सुत्केरी गराउँदै हजारौको ऋण लाग्यो । सुत्केरी श्रीमतीलाई पोषिलो खानेकुरा खुवाउन पर्छ भन्ने उहाँलाई थाह छ । तर उहाँसँग ती सामाग्री खरिद गर्ने आर्थिक हैसियत छैन ।

श्रीमतीले पोषिले खानेकुरा खान नपाउँदा ज्यान सुक्ने भयो । रोग अझै बढ्ने भयो भन्ने चिन्तामा हुनुभएका उहाँलाइ दमक नगरपालिकाले सुत्केरीलाई लक्षीत गरेर झण्डै एक महिना सम्मलाई पुग्ने पोषिलो खानेकुरा दिएपछि उहाँको मुहारमा अहिले केहि चमक आएको छ । अप्ठ्यारो परिस्थितीमा नगरपालिकाले गरेको यो सहयोगको आफुँ सँधै ऋणी हुने भन्दै खुसीले गहभरी आँशु पनि पार्नु भयो ।

शुद्ध मन्सुली चामल २५ केजी, बिभिन्न गेडागुडी मिसाएर २ केजी, नौनी घ्यू १ केजी, कुखुराको अण्डा १ क्यारेड, सुत्केरी मसला १ केजी र मौरीको मह आदा केजी गरि करिव ३ हजार ९ सय ४० रुपैँया बराबरको सुत्केरी पोषण् आहार दमकका रहेका सबै विपन्न परिवारका सुत्केरी महिलाहरुलाई प्रदान गरिने दमक नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिनुभयो । वडा कार्यालयको सिफारिसमा आधारमा नगरपालिकाले ती सामाग्री वितरण गर्ने गरेको भट्टराईले बताउनु भयो ।

नगरपालिकाले यो वर्ष ७ लाख ५० हजार रुपैँया बराबरको सामाग्री खरिद गरेर दमकमा रहेका विपन्न परिवारका सुत्केरी महिलाहरुलाई पौष्टिक खाना दिनेगरिको योजना बनाएको छ । पहिलो चरणमा ७ जनाले यो सुविधा लिसक्नु भएको छ । वडाको सिफारिसमा आउने सबैलाई यो आर्थिक वर्षभरि वितरण गरिने जनाइएको छ ।

यो कार्यक्रमले दमकमा रहेका विपन्न परिवारका सुत्केरी महिलाहरु लाभान्वित हुने विस्वास गरिएको नगरपालिकाकी उप प्रमुख गीता अधिकारी बताउनु हुन्छ ।


यो सुविधा लिनकालागि सुत्केरी भएको २ महिना नपटेको अस्पतालको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस पत्र , पारिवारिक लगत कार्डको प्रतिलिपि र शिशुको जन्मदर्ताको प्रतिलिपि चाहिन्छ । यी कागजात लिएर दमकगर नगरपालिकाको स्वास्थ्य शाखामा गए तुरुन्तै प्राप्त गर्न सकिने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग