उज्यालो शिक्षा

बाल दुव्र्यवहारको बारेमा ‘स्कुल स्कुल’मा सचेता जगाउँने शिषम शिर्ष काम (भिडियोमा हेरौ)

 

दमक/
दमक ३ मा रहेको ढुकुरपानी माविको कक्षा सातमा अध्ययन गर्नु हुन्छ शिसम राई । उहाँ अहिले ‘स्कुल’मा बाल दुव्र्यवहार कसरी हुन्छ भन्ने कुराको सचेतना जगाउँदै दमकका ‘स्कुल-स्कुल’मा पुग्नु हुन्छ ।

उहाँले विद्यालयमै फाईड ब्याक र यू एन एच सि आर को सहकार्यमा १५ दिन सम्म बाल दुव्र्यवहार कसरी हुन्छ भन्ने बारेमा तालिम लिनु भयो ।
तालिममा सहभागी भएपछि उहाँलाई फाईड ब्याकले एक कुशल प्रशिक्षकको रुपमा विकास गरायो । अहिले उहाँ आफुले जानेका र सिकेका कुरालाई विभिन्न विद्यालयमा गएर सिकाउनु हुन्छ ।

‘स्टोरी टेलिङ’ मार्फत ‘एस र नो’ प्रश्न राखेर सिकाउने गरेको छु । दमक ३ मा रहेको अक्सफोर्ड अग्रेजी माद्यमिक विद्यालयमा आज तालिम दिदै गर्दा भेटिनु भएका राईले उज्यालो खवरसँग प्रतिकृयात्मक कुराकानी गर्दै भन्नु भयो ।

विद्यालयमा ‘साथी -साथी बिचमा हुने हिंसा र दुव्र्यवहार, सर-मिस मार्फत हुने हिंसा र दुव्र्यवहारको पहिचान गर्न सिकाउँदै त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका हौ ।’ राईको प्रतिकृया छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु