उज्यालो शिक्षा

‘प्राविधिक शिक्षा प्रति सामाजीक चेतना बढ्नै सकेन ’: बस्नेत

 

दमक/
दमकमा रहेको पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान(वहुप्राविधिक शिक्षालय)का अध्यक्ष हुनुहुन्छ तिर्थराज बस्नेत । उहाँका दुईजना भईहरु सिप सहितको शिक्षा आवश्यक पर्छ भनेर आन्दोलनमा होमिएको बताउँदै बस्नेत भन्नु ‘हुन्छ ६२-६३ को आन्दोलनमा होमिएका मेरा भाईहरुले सिप सहितको शिक्षा नपाउँदा शहिद बन्नु पर्यो अहिले हामी त्यहि शिक्षा दिने काम गरिरहेका छौ ।’

हातमा सिप भयो भने स्वदेश वा विदेश जहाँ भएपनि बिक्न र टिक्न सकिन्छ भन्ने सोचका साथ उहाँले यो शिक्षालय स्थापना गरेको बताउनु भयो । ‘समृद्धि ल्याउन गफ होईन श्रम गर्नु पर्छ, श्रम गर्न हातमा सिप चाहिन्छ यदि सिप सहित सबै श्रममा लाग्ने हो भने मुलुक बन्न धेरै वर्षनै लाग्दैन ।’ बस्नेतले बताउनु भयो ।

उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रममा कुराकानी गर्दै उहाँले राज्यले प्राविधिक शिक्षामा केहि सुरुवात गरेपनि समुदायबाट भने यसको उचित उपयोग हुन नसकेको उल्लेख गर्नु भयो ।

‘राज्यले हामीलाई अनुदान दिएर निशुल्क प्राविधिक शिक्षा प्रदान गर्न भनेर कार्यक्रम दिन्छ । ती कार्यक्रममा विद्यार्थीलाई निशुल्क अध्ययन गर्न आउनुस भनेर भर्ना खोल्यो तर धेरै कम मात्रै आउने , सरकारले तोकेका कोटा पुर्याउन पनि चुनौती हुने , आएभने टिकाउन समेत धौ धौ पर्छ ।’

बस्नेत भन्नु हुन्छ अझ कतिपय कार्यक्रममा त विद्यार्थीलाई यातायत खर्च, पोषाक तथा अन्य शैक्षिक सामाग्री समेत निशुल्क दिइन्छ त्यस्ता कार्यक्रममा पनि उनीहरुको आकर्षण कम भएको देख्दा समुदाय र यूवा गर्वले अझैपनि प्राविधिक शिक्षाको महत्व बुझ्नै सकेनन कि ? उहाँको प्रश्न छ ।

बस्नेतसँग गरिएको कुराकानीको भिडियो तलको लिंकमा राखीएको छ ।

मेरा भाईहरुले सिपसहितको शिक्षा नपाउँदा शहिद बन्नु पर्योअहिले हामी त्यहि शिक्षा दिने काम गरिरहेका छौ – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु