यकको संरक्षणमा यूवाको चासो

योमुई चाम्खासिङ (यक) संरक्षणमा जुट्दै यूवाहरु

तेह्रथुम/

संरक्षणमा ध्यान नपुग्दा ऐतिहाँसिक, धार्मिक तथा पुरातात्वीक सम्पदाहरु लोप हुँदै गएका छन । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्याउनु र पछिल्लो पुस्ताले चासो नदिनुले यी र यस्ता सम्पदाहरु लोप हुँदै गएका हुन । पछिल्लो समय तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ गढीको भने संरक्षण थालिएको छ । पुृर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदाय सँग अस्तित्व जोडिएका ऐतिहाँसिक सम्पदाहरु लोप भई रहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ ।

नेपाल एकिकरण पुर्व लिम्बुहरुको आ-आफ्नै गढ निमाणर् गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोही अनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बुहरुको पुर्खाहरुको गढी रहेको थियो । संरक्षणको अभावमा भग्नाबशेस मात्रै रहेको यो गढी संरक्षणका लागी पुरातात्व बिभाग सँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमाणर् संयोजक तथा युवा खोज अभीयान्ता चिनकुमार लिम्बुले बताउनु भयो । गढी भन्ने बितिक्कै लिम्बु समुदायको ऐतिहाँसिक,धार्मिक र पुरातात्वीक सम्पदा सँग जोडिने गरेको पाईन्छ । यी समुदायको विवाह पश्चात सयमुन्द्री (बागदत्त) छिनाउँदा र लगान राख्दा गढीलाई सम्बोधन गर्ने गरिन्छ ।

लिम्बु समुदाय सँग अस्तित्व जोडिएको स्थल भएकाले संरक्षणमा जोड दिनु पर्ने स्थानीय अम्बिका खजुमको भनाई छ । गढी संरक्षणका लागी समिती नै निमाणर् गरी केही बर्ष अघिदेखी अभीयान थालनी भएको छ । खजुम लिम्बुहरुको पहिचानको रुपमा रहेको गढीलाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत अध्यायन गर्न सहज होस भन्ने उदेश्यले संरक्षणमा जुटेको योमुई चाम्खासिङ खजुमहाङ चुम्भोका केन्द्रिय अध्यक्ष उमेशचन्द्र पारघारीले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु