कोरोनाको असर

शिक्षकलाई कोरोना लाग्यो, एक हप्ता विद्यालय बन्द

धनकुटा/
धनकुटाको पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोभिड १९ को संक्रमण भएपछि एक हप्तालाई विद्यालय बन्द गरिएको छ।विद्यालयमा कार्यरत ती शिक्षकलाई कोभिड १९ को संक्रमण आशंकापछि १० गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ।ती शिक्षकलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको थियो।

कोभिड १९ परीक्षण गर्दा पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए।कोभिड १९ पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेशनमा रहेका छन्। अन्य २ शिक्षकमा कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।

कोभिड १९ संक्रमण देखिएका शिक्षकमा कोभिडको नयाँ भेरियन्ट नभएको हुनसक्ने बताइएको छ। विगत केही दिनदेखि ती शिक्षक घर र विद्यालय मात्रै गरेका कारणले नयाँ भेरियन्ट नहुन सक्ने प्रधानाध्यापक रिमालको अनुमान छ।

१० गतेपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहेमा पुनः बैठक बसेर निणर्य गर्ने रिमालले जानकारी दिए।यता पाख्रिबास नगरपालिकाले कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ , सांसद राई

काठमाडौं,६ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर