प्रकाश बुढाथोकीको “भुईकुईरो” बिमोचन

दमक/
दमकका अग्रज कवि प्रकाश बुढाथोकीको कबिता संग्रह “भुइँकुईरो” को आज बिमोचन गरिएको छ । बरिष्ठ गितकार शिवसंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि बुढाथोकीका नातिनिद्वय अनन्या बुढाथोकी र नुरश्री थापा सहित प्रमुख अतिथि थापाले संयुक्त रुपमा कृतिको बिमोचन गर्नु भएको हो ।

बिमोचित कबिता संग्रहको युवा कवि दिपा दाहाल, समालोचक कृष्ण बराल र कवि तथा गजलकार केशब आचार्यले परिचर्चा गर्नु भएको थियो । कदम थिएटरले प्रकाशन गरेको कविता संग्रहको बिमोचन कार्यक्रम थिएटरका अध्यक्ष कलाकार हेमन्त बुढाथोकीको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा कविता संग्रहका सम्पादक बरिष्ठ पत्रकार राजेश ढुंगानाले कविता संग्रहमा रहेका कविताहरुले समाजलाई कसरी संबोधन गरेका छन् भन्ने बिषयमा चर्चा गर्नु भएको थियो

३५ वटा कविता रहेको “भुइँकुईरो” कविता संग्रह विमोचन कार्यक्रममा कवि बुढाथोकीले आफुले लेखेका कविताहरुको लेखनीका बारेमा जानकारी गराउनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग